|

दैनिक भास्कर : धेरै फिल्ममा हिरो-हिरोइनले एक अर्कालाई चुम्बन गरेको दृश्य तपाईले हेरिसक्नु भयो होला। तर यो दृश्य कसरी छायाँकन गरिन्छ भन्ने सोच्नु भएको छ? यस्ता दृश्य निर्माण गर्न कत्तिको झन्झटिलो होला?

कहिलेकाँही फिल्ममा देखाइएको किस सिन नक्कली पनि हुनसक्छ। हिरो-हिरोइनले एकअर्कालाई किस गरेका हुन्नन्। तर पर्दामा किस गरेको देखिन्छ। कसरी ?

सन् २०१४ मा सार्वजनिक भएको एक फिल्मको 'बिहाइन्ड द क्यामेरा' सिन हेर्नुभयो भने तपाईलाई थाहा हुन्छ। कसरी निर्देशकले कुशलतापूर्वक हिरो-हिरोइनलाई किस गर्न नलगाइ यस्ता दृश्य तयार पार्छन्।

सार्वजनिक भएको भिडियो सन् २०१२ मा प्रदर्शनमा आएको तमिल फिल्मको हो। यस फिल्ममा एक नाट्यघरभित्र हिरो-हिरोइनले एक अर्कालाई किस गर्दै गरेको देखाइएको छ। तर यो सिन वास्तविक किसिङ सिन थिएन। अलग-अलग दृश्य जोडेर फिल्ममा किस देखाइएको थियो।  

बिहाइन्ड द सीन भिडियो हेरेपछि तपाईलाई थाहा हुन्छ कि हिरो (सूर्या) र हिरोइन (काजल अग्रवाल) ले एकअर्कालाई चुम्बन गरेका थिएनन्। काजलले एक तकियालाई किस गरेकी थिइन्। सूर्याले एक प्लास्टिक सिटलाई किस गरेका थिए। भिज्युयल इफेक्टस् (भीएफएक्स) को माध्यमबाट यस दृश्यलाई यति कलात्मक बनाइयो। हेर्ने सबैलाई लाग्यो काजल र सूर्याले एकअर्कालाई किस गरे।

भिडियोमा हेर्नुस् र थाहा पाउनुस् कसरी तयार भएको थियो यो नक्कली किसिङ सिन :

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.