|
फोटो : बीबीसी

बीबीसी/मुम्बई : प्रसिद्ध भारतीय गायिका अलका यज्ञिकले जीवनमा अत्यन्तै धेरै अन्तर्वार्ता दिइसकेको र अब अन्तर्वार्ताबाट थाकेको बताएकी छन्। बीबीसीसँग कुरा गर्दै गायिका यज्ञिकले भनिन्, ‘अहिले मुम्बईमा नै छु, भरमै लुकेर बसेकी छु, मिडियाबाट थोरै डराएकी छु, सारा जिन्दगीमा यति अन्तर्वार्ता दिएछु कि अब थाकिसकेकी छु।’
कोलकाताको एउटा मध्यमवर्गीय परिवारबाट आएकी यज्ञिकको जन्म २० मार्च १९६६ मा कोलकातामा भएको थियो।

यति लामो समय फिल्मी दुनियाँमा बिताइसकेपछि उनमा जुन परिवर्तन आएको छ, त्यसका बारेमा उनी भन्छिन्, ‘आजको समयमा सङ्गीतका कारण गीतको शैली बदलिएको छ, मेलोडी कम मात्र सुनिन्छ, सुफी, रिमिक्स र आइटम गीत अहिले बढी सुनिन्छ। यसकारण आजको गीतसङ्गीतको दौड निकै फरक छ। यहाँ कसैले टिक्न उति नै कठिन छ अहिले।’
उनले भनिन् कि रियालिटी शोका कारण केही कलाकारलाई अवसर प्राप्त भइरहेको छ तर सङ्गीतको गुणस्तर राम्रो छैन। उनले आशा गरिन् कि भविष्यमा राम्रा मेलोडी भएका गीत अवश्य आउनेछन्।
अलकाले अमिताभ बच्चनको फिल्म ‘लावारिस’मा ‘मेरे अंगने में तुम्हारा क्या काम है ...’ गाएकी थिइन्, जुन जबर्जस्त हिट भयो।
मुम्बईमा सङ्घर्ष गरेपछि सन् १९८८ मा फिल्म ‘तेजाब’मा उनले गाएको गीत ‘एक दो तीन ...’ बाट उनलाई खास सफलता प्राप्त भयो र उनी पाश्र्व गायिकाका रूपमा आफ्नो पहिचान बनाउन सफल भइन्।

अलका ‘मेरे अंगने में तुम्हारा क्या काम है ...’ गीत सम्झँदै भन्छिन्, ‘जब यो गीत गाएकी थिएँ, त्यसबेला यो अनुमान नै थिएन कि यस गीतबाट मलाई यति पहिचान प्राप्त हुन्छ। कल्याणजी आनन्दजी त्यसबेला भन्ने गर्थे कि तिम्रो नाम ‘अंगना यज्ञिक’ हुनुपथ्र्यो। त्यसबेला यस गीतलाई रिहर्सलका रूपमा गाइएको थियो।’
यज्ञिक भन्छिन्, ‘हाम्रो पालामा मानिस कामको दमद्वारा अगाडि बढ्थे, तर आज हरेक नयाँ गायक÷गायिकालाई मिडियाले रातारात स्टार बनाइदिन्छन्। यदि एउटा गीत मात्र लोकप्रिय भयो र गायक÷गायिकाले त्यसलाई ‘फलोअप’ गर्न भ्याएनन् भने तिनको हालत छिनमा आउने, छिनमै हराउने नै हुन्छ।’
अलका आफ्नो जे सपना नै थिएन, त्यो पनि पूरा भइसकेको र अब जीवनमा जे प्राप्त हुन्छ, त्यो ‘सरप्राइज’ हुने बताउँदै जे नसोचेको हो, त्यही प्राप्त भएकोमा सन्तुष्टि व्यक्त गर्छिन्।
हरेक गीतको आफ्नो आयु हुने उल्लेख गर्दै अलका यदि त्यसमा दम भएमा त्यस गीतलाई लोकप्रिय हुनबाट कसैले रोक्न नसक्ने दाबी गर्छिन्।
कुन गीत रेकर्ड गर्न उनलाई धेरै मिहिनेत गर्नुप¥यो? यस प्रश्नमा अलका भन्छिन्, ‘फिल्म स्वदेशको ‘सावरियां’ गीतको रेकर्ड गर्नमा धेरै मिहिनेत गर्नुपरेको थियो। गीत धेरै उतार–चढावले भरिएको थियो। यसकारण त्यसलाई बुझ्न नै समय लाग्यो।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.