|

बीबीसी : माइक्रोसफ्टका संस्थापक बिल गेट्स संसारकै धनाढ्य व्यक्तिको सुचीमा पहिलो नम्बरमा छन्। फोर्ब्स म्यागेजिनले निकालेको यस वर्षको सूचिमा उनी पहिलो स्थानमा आएका हुन्। पछिल्ला ४ वर्षदेखि लगातार उनी यस सुचीको पहिलो स्थानमा छन्। 

दोस्रो स्थानमा वारेन बफेट छन्। अम्याजनका संस्थापक जेफ बिजोस सुचीको तेस्रो स्थानमा छन्। फेसबुकका संस्थापक मार्क जुकेरवर्ग पाँचौं तथा ओर्याकलका संस्थापक लारी इल्लीसन सातौं नम्बरमा छन्।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प भने यसपटक धनाढ्यको सूचीमा चिप्लिएका छन्। उनी २ सय २० स्थान तल झर्दै विश्वका धनाढ्यको सूचीमा ५४४ औं स्थानमा छन्।

हेर्नुस् १० धनाढ्यको सुची 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.