|

जाजरकोट : माध्यामिक शिक्षा परीक्षा (एसईई )परीक्षा दिंदै गर्दा एक छात्राले बच्चा जन्माएकी छन्। जिल्लाको लक्ष्मी प्राप्ती माध्यामिक विद्यालय खुर्पाको परीक्षा केन्द्रमा कुशे विशेष गाँउपालिका १ टालेगाँउ काफलपाटाकी १६ वर्षिया कमला कुमारी बस्‍नेतले मंगलबार सामाजिक विषयको परीक्षा दिदै गर्दा छोरा जन्माएकी छन्।

बस्‍नेलाई परीक्षा दिदा दिदै सुत्केरी बेथाले च्यापेपछि अर्को कोठामा सारिएको केन्द्राध्यक्ष दिनेश कुमार सिहले जानकारी दिए। बच्चा जन्मेको केही समय पछि सहयोगी राखेर कमलाले परीक्षा दिएको केन्द्राध्यक्ष  सिंहले बताए।  सुत्केरी परीक्षार्थीको लागी केही समय थप गरिएको समेत केन्द्राध्यक्ष  सिहले बताए। अहिले आमा र बच्चाको स्वास्थ्य अवस्था सामान्य छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.