|

गुल्मी : लायन्स क्लब गुल्मीले गुल्मीको धुर्कोटमा बृहत् निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ। लायन्स क्लब गुल्मीको आर्थिक सहयोग र धुर्कोटस्थित प्रथामिक स्वास्थ्य केन्द्रको संयोजनमा ३ दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको हो।

शिविरमा १३ सय ६० जना विभिन्न रोगका बिरामीले सेवा लिएको लायन्स क्लब गुल्मीका अध्यक्ष खुमानन्द गौतमले जानकारी दिए। रोग लागेर ग्रामीणस्तरमा आर्थिक अभावमा सदरमुकामसम्म आउन नसक्ने गरिब, वृद्ध, असाहयहरुको सहयोगार्थ ३ दिने स्वास्थ्य शिविर राखिएको गौतमले जानकारी दिए। शिविरमा ८ सय ६९ जना महिला र ४ सय ९१ जना पुरुषले विभिन्न रोगको जाँच गराएका छन्। 

शिविरबाट जनरल मेडिसियनमा ५ सय ६० महिला र ४ सय ३१ जना पुरुषले सेवा लिएका थिए। स्वास्थ्य शिविरमा २ सय महिलाले स्वास्थ्य जाँच गराएका छन्। कुल सेवाग्राहीमध्ये १ सय ५३ जनाले भिडियो एक्सरे, १७ जनाले शल्यक्रिया, ४ जना हर्निया र ६ जना हाइड्रोसिलका बिरामीहरुले चेकजाँच गराएको अध्यक्ष गौतमले जानकारी दिए।

शिविरमा काठमाडौंका टिचिङ अस्पताल, ग्रान्डी अस्पतालका ३ जना  विभिन्न विशेषज्ञ डाक्टर र पाल्पास्थित मेडिकल कजेलका ११ जना शिशेषज्ञ डाक्टरहरुले चेकजाँच गरेका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.