|

  • अनुज बज्राचार्य 

काठमाडौं : ईपीएसमार्फत कोरिया जान चाहनेहरुले भाषा परीक्षा दिनका लागि फारम भर्न सुरु गरेका छन्। जेठ ३० र ३१ गते हुने परीक्षाका लागि राजधानीमा ५ ठाउँ र राजधानी बाहिर ५ ठाउँमा गरी १० ठाउँबाट आवेदन दिन पाउने व्यवस्था मिलाइएको छ। बुधबार लाइन फारम भरेका थुप्रै युवाहरुले मंगलबारबाटै लाइनमा बसेको बताए।

यसपटकको भाषा परीक्षामा ७ हजार १ सय जनालाई पास गराउने बताइएको छ। जेठ ३० र ३१ गते हुने परीक्षाको नतिजा साउन १६ गते प्रकाशित हुने ईपीएस कोरिया शाखाले जानकारी दिएको छ।

 

 

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.