|
मोनाकोका केलियन म्वाप्पे मेसीलाई मनपर्ने खेलाडी हुन्।

एजेन्सी : सुपरस्टार लियोनल मेसीसँगै बार्सिलोनाबाट खेल्ने रहर धेरै नामी फुटबलरहरुलाई छ। धेरै फुटबलरहरुले मेसीसँगै फुटबल खेल्ने आफ्नो चाहना सार्वजनिक गरेका छन्। तर मेसीको चाहना के छ त? उनी कुन खेलाडीसँगै रहेर एकसाथ खेल्न चाहन्छन्।

च्याम्पियन्स लिगमा पनि बार्सिलोनाले यस सिजन निकै उत्कृष्ट खेलेको छ। तर बार्सिलोनाका स्टार लियोनल मेसी अझै टोलीमा परिवर्तन चाहन्छन्। उनले नयाँ सम्झौता गर्नेमा क्लब ढुक्क देखिएको छ। 

मेसी आफ्नो सम्झौताभन्दा पनि अन्य खेलाडीको सम्झौताको विषयलाई लिएर चर्चामा छन्। मोनाकोका केलियन म्वाप्पे र बर्नान्डो सिल्भाबाट मेसी प्रभावित भएका छन्। एक्सप्रेस डट यूकेले उनीहरुलाई क्लबमा भित्र्याउन मेसीले प्रयास गरिरहेको समाचार छापेको छ। बोरुसिया डर्टमुन्डका ओसमाने डेम्बेलाई पनि मेसीले बार्सिलोना ल्याउन चाहेको समाचारमा जनाइएको छ। 

त्यस्तै आर्सनलका हेक्टर बेल्लरिनबाट पनि मेसी प्रभावित छन्। बार्सिलोनाले यी खेलाडीलाई क्लबमा भित्र्याउने हो भने अहिले क्लबमा रहेका केही खेलाडीहरुलाई रिप्लेस गर्नुपर्ने हुन्छ। २९ वर्षका मेसी चाहन्छन्, आन्द्रे गोमेज, पाको अल्कासर र एड्रा टुरानले क्लब छाडुन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.