|

विराटनगर : पूर्व पश्चिम राजमार्गको मोरङ कानेपोखरीमा बस दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ भने २१ जना घाइते भएका छन् । 
घाइतेमध्ये १ जनाको अवस्था गम्भिर रहेको छ। मृत्यु हुनेहरुको सनाखत हुन सकेको छैन। मृतकको शव उर्लाबारीस्थित मंगलबारे अस्पतालमा लगिएको छ। गम्भिर घाइते केरौन मोरङका संखर विक रहेका छन्।

पथरीस्थित इलाका प्रहरी कार्यालयका इनिस्पेक्टर राजन कार्कीका अनुसार पूर्वबाट पश्चिम जाँदै गरेको ना ५ ख ५३८७ नम्बरको बसको अगाडीको टायर पड्किएर दुर्घटना भएको हो। टायर पड्किएर अनियन्त्रित भएको बसले मे ४ प ८५११ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको छ। घटनामा मोटरसाइल चालक तिलक लिम्बु र मोटसाइल पछाडी बसेका देवेन्द्र लिम्बुको मृत्यु भएको छ। त्यस्तै बसमा सवार पुरुषोत्तम सुवेदी र परिचय खुल्न बाँकी अर्की एक महिलाको मृत्यु भएको छ। 

घाइतेहरुमा इलाम सूर्योदयकी बबिता विक, कोराबारी झापाका रोसन मण्डल, सतन इम्बु, सुनिता टुडु, सतुवा हैमरन, गौरिगञ्ज झापाका सन्तोष माझी, किशोर चौधरी, 
लिलबहादुर भट्टराई, मनिस भट्टराई, भद्रपुर झापाका अनिस विक, गौरिगञ्ज झापाकै दिलिप मण्डल, घैलाडुब्बा झापाका करनजित वर्मा, सिक्किम भारतकी मित्रावती भट्टराई, नारायण प्रसाद भट्टराई, बुटवलका राज आले, केरौन मोरङका विजय मुर्मु, पोखराका अनिल राना मगर, उत्तर प्रदेश भारतका इशर अली र पथरी मोरङका रामकुमार राई रहेका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.