|

लन्डन : बेलायतको संसद् भवन नजिकै रहेको वेस्ट मिनिस्टर ब्रिजमा एक महिलाको मृत्यु भएको छ। घटनामा संलग्‍न एक व्यक्तिले प्रहरीलाई समेत छुरा हान्‍ने कोसिस गरेका थिए। प्रहरीको गोली प्रहारपछि उनको मृत्यु भएको छ। प्रहरीले वेस्ट मिनिस्टर ब्रिजको घटना आतंककारी हमला भएको जनाएको छ।

पुलमा कार दौडाउने क्रममा हत्यामा संलग्न ती व्यक्तिले थुप्रै पैदलयात्रीलाई ठक्कर दिएका छन्। उनको कार त्यसक्रममा रेलिङमा ठोक्किएको थियो। सेन्ट थोमस अस्पतालका डक्टरले यस घटनामा थुप्रै व्यक्ति घाइते भएको बताएका छन्।

अस्पतालकी जुनियर डक्टर कोलिन एन्डरसनले बीबीसीसँगको कुराकानीमा झन्डै ३० वर्षका १ प्रहरी अधिकारीलाई टाउकोमा चोट लागेको बताएकी छिन्। उनले महिलाको मृत्यु भएको बताइन्। 'पुलमा धेरै व्यक्तिहरु थिए। कोही सामान्य घाइते छन् भने कसैको अवस्था गम्भीर छ,' उनले भनेकी छिन्। 

घटनामा दर्जनौ घाइते भएको उनले बताएकी छिन्। बेलायती सांसद्हरुले गोलीका ४ आवाज ससद् भवनभित्र सुनिएको बताएका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.