|

काठमाडौ : सुरक्षा परिषद्को बैठकले आगामी वैशाख ३१ गतेका लागि तोकिएको स्थानीय तहको निर्वाचनमा नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई सहयोग गर्ने गरी नेपाली सेना परिचालन गर्ने निर्णय गरेको छ। 

रक्षामन्त्री बालकृष्ण खाँणले विगतको निर्वाचनमा जस्तै यसपटकको निर्वाचनमा पनि मतपेटिकालाई मतदानस्थलसम्म पुर्‍याउने र मतदान सकिएपछि सम्बन्धित ठाउँसम्म पुर्‍याएर त्यसको सुरक्षार्थ सेना खटाउने निर्णय भएको जानकारी दिए।  

मन्त्री खाँणले भने, “विगतको निर्वाचनमा जस्तै नेपाल प्रहरी र सशस्त्र प्रहरीका सहयोगीका रूपमा नेपाली सेना परिचालन गर्ने निर्णय भएको छ।” 

राष्ट्रिय सुरक्षा नीतिअन्तर्गत प्रतिरक्षा नीति निर्माण गर्न कार्यदल गठन गर्नेसमेत बैठकले निर्णय गरेको उनले बताए।  

त्यसैगरी बैठकले वार्षिक प्रतिवेदन बनाउन सुरक्षा परिषद्अन्तर्गतको सचिवालयलाई जिम्मा दिएको जनाएको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.