|

रुकुम : पुथा उत्तरगंगा गाउँपालिका–१३ रुकुम (साविकको कोल गाविस ७) का गोरे विकको हत्या भएको छ। उनलाई सोही गाउँका वीरेन्द्र तुलाचनलगायतले कुटपिट गरी हत्या गरेको प्रहरीले जनाएको छ।
गत फागुन १८ गते आफ्नो गाई गाई काटेर खाएको आरोपमा तुलाचनले विकले धर्मराज तुलाचन, कर्मजीत विक र नरबहादुर विकको सहयोगमा कुटपिट गरी हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले बताएको छ। विकको हत्या गरी खाल्डोमा पुरेको भन्ने सूचनाको आधारमा प्रहरीले अनसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सुरेन्द्रबहादुर स्वाँरसहितको टोली घटनास्थल पुगेको थियो।

उनीहरूलाई पक्राउ गरी कर्तव्य ज्यान मुद्दामा बुधबार रुकुम जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान कार्य जारी राखेको प्रहरीले जनाएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.