|

दाङ : दाङमा प्रहरीले चरेससहित एक महिलालाई पक्राउ गरेको छ। घोराही उपमहानगरपालिका– १८ फुर्सेखालीमा बस्दै आएकी रुकुम काँक्रीकी ३४ वर्षकी विनी पुनलाई २३५ ग्राम चरेससहित पक्राउ गरेको वडा प्रहरी कार्यालय घोराहीले जानकारी दिएको छ। 
पक्राउ परेकी महिला र चरेसलाई अनुसन्धान तथा आवश्यक कार्वाहीका लागि जिल्ला प्रहरी कार्यालयमा पठाएकोे वडा प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक सूर्य थापाले जानकारी दिए। एक महिना पहिले भारतको उत्तरप्रदेशस्थित बहराइचमा दुई किलो चरेससहित पक्राउ परेका कर्मकुमारी बुढा र मेघबहादुर बुढाको वयानमा आधारमा विनी पुनलाई चरेससहित बरामद गरिएको प्रहरीको भनाइ छ। पुनको कोठामा तलासी गर्दा उक्त चरेससहित चरेस प्याक गर्न प्रयोग गरिने २९५ थान पलास्टिक र दुई थान सेलो टेपसमेत बरामद गरिएको प्रहरीले बताएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.