|

  • गोविन्द महतो

जनकपुरधाम : आफ्नै घरमा मृत भेटिएकी मिनता दासको मृत्यु रहस्यमय भएको दावी माइतीपक्षले गरेपछि शव दहन रोकिएको छ। अन्तिम संस्कारका लागि शव जनकपुरको स्वर्गद्वारी घाट लगिए पनि विवादका कारण शव दहन रोकिएको हो।

धनुषाको क्षिरेश्वरनाथ नगरपालिका १० बस्ने ईच्छापुरकी २१ वर्षिया मिनता दासको हत्या भएको शंका माइतीपक्षको छ। बुधबार बिहान १० बजे मिनताको शव घरमै फेला परेको ईलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरले जनाएको छ। घरपरिवारले मिनताले पासो लगाएर आत्महत्या गरेको बताइ पनि उनको शव पासोबाट निकालेको अवस्थामा बरामद गरेको प्रहरीको भनाई छ।

मिनताको बिहीबार जनकपुर अञ्चल अस्पतालमा पोस्टमार्टम गरेर जलाउन लगेको बेला महिलाहरुले घाटमै गएर अवरोध गरेका थिए।

पुनः पोस्टमार्टम गरी घटनाको छानविन हुनुपर्ने माग माइतीपक्षले गरेपछि पोस्टमार्टमका लागि मृतकको शव जनकपुर अञ्चल अस्पताल लगिएको छ।  

मिनताका भिनाजु गुरुशरण दासले घाँटीको अगाडि भागमा आधा मात्र डाम भएकोले घरपरिवारले नै हत्या गरेर पासोमा झुन्ड्याएको आरोप लगाए।

धनुषाको धनुषाधाम नगरपालिका ७ सरस्वतीपुरका निवासी रामस्वरुप दासीकी छोरी मिनताको २०७२ माघ महिनामा कमलु दाससँग विवाह भएको थियो। छोरी गुमाएका आमाबुबा अचेत छन्। मिनताकी डेढ महिनाकी छोरी छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.