|

दाङ : दाङमा प्रहरीले चरेस सहित एक महिलालाई पक्राउ गरेको छ। घोराही उपमहानगरपालिका १८ फुर्सेखालीमा धर्मबहादुर बुढामगरको घरमा भाडामा बस्ने रुकुम काँक्रीकी ३४ बर्षीया विनी पुनलाई २ सय ३५ ग्राम चरेस सहित वडा प्रहरी कार्यालय घोराहीले पक्राउ गरेको हो।

पक्राउ परेकी महिला र चरेसलाई अनुसन्धान तथा आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालयमा पठाएको वडा प्रहरी कार्यालयका प्रमुख, प्रहरी निरीक्षक सूर्य थापाले जानकारी दिए।

एक महिना पहिले भारतको उत्तर प्रदेशस्थित बहराइचमा दुई किलो चरेस सहित पक्राउ परेका कर्मकुमारी बुढा र मेघबहादुर बुढाको वयानमा आधारमा विनी पुनलाई सहित चरेस बरामद गरिएको प्रहरीको भनाइ छ। उनको कोठमा तलासी गर्दा चरेस सहित चरेस प्याक गर्न प्रयोग गरिने २ सय ९५ थान प्लास्टिक र दुई थान सेलो टेप समेत बरामद गरिएको प्रहरीले बताएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.