|

राजीव भार्गव\दैनिक भास्कर : क्रिकेटमा अम्पायरिङ कमजोर मुटु हुनेको काम होइन। टेस्ट म्याचमा प्राय अम्पायरले ४० त्यस्ता फैसला गर्नुपर्ने हुन्छ जसका विरुद्ध मैदानमा भएका ११ खेलाडीले कुनै पनि समय अपिल गर्न सक्छन्। यस्ता फैसलामा टिमको भाग्य बदल्न सक्ने संभावना रहन्छ।

२००९ मा डिसिजन रिब्यु सिस्टम (डीआरएस) लागु भएपछि अम्पायरको फैसला अन्तिम रहेन। अब हरेक बलमाथि नजर राख्ने ब्याट्सम्यान र अनुहारमा हरेक आवाज रेकर्ड गर्ने ४ देखि ६ वटा हाँक आई क्यामेरा र स्नीक-ओ मिटरको प्रयोग गरिएको हुन्छ।

केही समयअघि भएको भारत र इंग्याल्डबीचको टेस्ट शृंखला तथा अस्ट्रेलिया र भारतबीच भैरहेको शृंखलामा धेरै निर्णय डीआरएसले उल्ट्याइदियो। आँकडा देखेपछि मलाई आश्चर्य लाग्यो सन् २००९ देखि २०१४ सम्म मैदानमा उपस्थित अम्पायरका १ हजार २ सय १ विरुद्ध अपिल भयो। यसमध्ये २५ दशमलव ८ प्रतिशत फैसला थर्ड अम्पायरले उल्ट्याइदियो। अन्यौलका बीच लिइएका हरेक ४ फैसलामध्ये १ गलत साबित भए।

यो आँकडा हेरेपछि प्रश्‍न उब्जन्छन्। योग्य, प्रशिक्षित र अनुभवी अम्यापरहरुबाट यति धेरै संख्यामा कसरी गलत फैसला भए। के यी आँकलन गलत थिए ? या यसका पछाडि अन्य कारण थिए।  डेनियल चेन टोबियस माँस्कोविट्स र केली शुको 'क्वाटरली जर्नल अफ इकोनोमिक्समा' मा मार्च २०१६ मा प्रकाशित रोचक सोधपत्रमा निर्णय प्रक्रियामा नजाँनजिदो प्रभाव पार्ने गल्तीका विषयमा स्पष्ट प्रकाश पारिएको छ।

मानविय मन तिव्र, चिन्तनशिल र तार्किक हुन्छ। तर आश्चर्यजनक रुपमा यो अवचेतन स्तरमा काम गर्ने सहज प्रवृत्तिबाट बहकिन्छ। क्रिकेट अम्पायरको मन यसको अपवाद हुँदैन। यस्ता पूर्वाग्रह हुनसक्छन्, जसले मनलाई प्रभावित पार्न सक्छ।  तर तल उल्लेखित प्रभाव सबैभन्दा महत्वपूर्ण हुन्छन्।

१ गैम्बलर्स फैलसी :यसलाई मोन्टे कार्लो फैलसी पनि भनिन्छ। गलत धारणाले  कुनै समयमा तपाईलाई लाग्न सक्छन् कि पटक-पटक एउटै कुरा भैरहेको छ भने फेरि त्यस्तो हुँदैन्। उदाहरणका लागि सिक्कामा हेड र टेल रोज्दा ३ पटक टेल आयो भने चौथोपटक तपाईको मनमा लाग्न सक्छ अब टेल आउनेछ।  अर्थात धेरैपटक भैरहेको कुरा अब हुँदैन भन्ने भित्री मनको फ्याक्टरले काम गर्छ। त्यतिबेला तपाईमा आतविश्‍वास भैसकेको हुन्छ कि अब हुँदैन। क्यासिनोमा जुवा खेलेजस्तै गरी हचुवा निर्णय गरिने भएकाले यसलाई गैम्बलर्स भनिन्छ।

 बेसबलका थुप्रै डाटा हेरेपछि माँस्कोविट्सले निकालेको यो निस्कर्ष क्रिकेटमा पनि उत्तिकै सान्दर्भिक छ। यो निस्कर्ष अनुसार क्रिकेटको विश्लेषण गर्दा एलबिडब्ल्युको एक शंकास्पद अपिललाई मानियो भने त्यसपछि फेरि यस्तै अर्को अपिलले मान्यता पाउने संभावना ३ दशमलव ५ प्रतिशतले घट्छ। लगातार २ पटक अपिल मानियो भने तेस्रो अपिलले मान्यता पाउने संभावना ५ प्रतिशतले   घट्छ। अर्थात बारम्बार उस्तै अपिलले मान्यता पाउने संभावना कम हुन्छ। यो फ्याटरले अम्पायरको दिमागमा उल्टो असर गर्छ। खेलाडीहरुले पटक-पटक अपिल गरेपछि अम्यापरले गलत निर्णय लिन थाल्छन्।

२ डिफल्ट अप्शन बायस :

यो एउटा मानविय कमजोरी हो। जटिल चुनावको असुविधा टाल्नका लागि मानिसहरु सधैं, डिफल्ट अप्शन बायस रोज्छन्। क्रिकेटको नियमले निसन्देह रुपमा ब्याट्सम्यानलाई लाभ दिन्छ। त्यसैले नटआउटको फैसला डिफल्ट अप्शन बायस हो।

डीआरएस युगमा गल्ती हुने डर अम्पायरमा पनि हाबी हुन्छ। त्यसैले मनभित्र जेसुकै लागेपनि उनीहरु औंला उठेपछि आफ्नो टाउकोले अपिल अस्विकार गरेको देखाउँछन्।

३ घरेलु टिमलाई लिएर पक्षपात

घरेलु अम्पायर प्रयोग गर्दा धेरैजसो फैसला घरेलु टिमको पक्षमा गएको पाइएको छ। दोस्रोतर्फ केही यस्ता अम्यापर पनि हुन्छन्। जो पक्षपातपूर्ण यस प्रवृत्तिप्रति यति धेरै संवेदनशिल हुन पुग्छन्। जसका कारण पनि उनीहरुबाट गल्ती हुनपुग्छ।

डीआरएसको प्रयोगपछि ज्ञान मिलेको छ भने अम्यापर पनि हामीजस्तै मानिस मात्रै हुन्। त्यसैले यी कमजोरीप्रति सतर्क रहेर पनि कुनै मद्दत मिल्दैन। क्रिकेटमा अम्पायरको निर्णयलाई लिएर मैदानमा हुने नाटक र म्याचपछि दुई टिमबीच चल्ने आरोप-प्रत्यारोप पुरानो भयो। अब त अम्पायरका हरेक गल्ती प्रत्यक्ष देखिन्छ।

त्यसो भए गल्ती घटाउन के गर्न सकिन्छ। पहिलो स्वभाविक उत्तर राम्रो प्रशिक्षण हो।  अम्पायरको निर्णय उल्ट्याउन प्रयोग गरिएको प्रविधिकै प्रयोगबाट गल्ती कम गर्ने पाठ सिक्न सकिन्छ।

ब्याट्सम्यानलाई निसन्देह लाभ दिने युगौं पुरानो सिद्धान्तलाई पनि अम्पायरले आफ्नो दिमागबाट हटाउन जरुरी छ। यसो हुन सके अम्पायरमा डिफल्ट अप्शनको असर कम पर्छ। अर्को समाधान 'आर्थिक प्रोत्साहन' हो। आर्थिक प्रोत्साहनले निर्णय पक्षपाती हुने संभावना कम गर्न सक्छ। अम्पायरको तलबको सम्बन्ध उसले गर्ने कम गल्तीसँग रहन गयो भने निश्चय पनि उसले कम गल्ती गर्नेतर्फ ध्यान दिन्छ।

सबैभन्दा राम्रो समाधान क्रिकेट नियमलाई संशोधन गरेर यसलाई व्यवहारिक बनाउने नै हो। जस्तो क्रिकेटको नियम ३६ ( एलबिडब्ल्यु) अन्तर्गत अम्यापरलाई यो पक्का गर्नुपर्ने हुन्छ कि बल लेग स्टपबाट बाहिर गएको छैन्। विकेटको रेखामै यो ब्याट्सम्यानसँग ठोकिनुपर्ने हुन्छ। शरिरमा भएन भने बल विकेटमा ठोक्किनुपर्ने हुन्छ। बल पहिला शरिरमा ठोक्किनुपर्ने हुन्छ। यो सबै व्यक्तिगत दृष्टीकोणमा आधारित हुन्छ र यस विषयमा अम्पायरले मैदानमा तत्काल फैसला लिनुपर्ने हुन्छ।

विश्लेषकहरुले भनेका छन् एलबिडल्ब्यु गहिराईको आँकलन, ज्यामिती,संभाव्यता र मनोविज्ञानको मामिला हो। क्रिकेट अम्पायरिङका लागि धेरै लामो समयसम्म एकाग्रता आवश्यक पर्छ जबकी मैदानमा त्यस्ता थुप्रै गतिविधि हुन्छन् जसले ध्यान भड्काउँछ। डीआरएसले उजागर गरेका यस्ता गल्ती श्रेष्ठतम प्रशिक्षण र नियमको सरलीकरणबाट हल गर्न सकिन्छ। अम्यापरहरुले पनि आफ्नो प्रदर्शनमा सुधार ल्याउनुपर्ने हुन्छ। नत्र मानवमाथि प्रविधिको अर्को विजयका रुपमा डीआरएस रहनेछ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.