|

जनकपुरधाम :  जनकपुरको एक पोखरीमा नवजात शिशुको शव फेला परेको छ। जनकपुर उप–महानगरपालिकाको वडा नं. १० स्थित अरगज्जा पोखरीमा फालिएको अवस्थामा ती मृत शिशुको शव भेटिएको हो।

बिहीबार करिब ५ बजे पोखरीमा तैरिरहेको अवस्थामा नवजात शिशुको शव स्थानीयवासीले देखेपछि जानकी प्रहरी चौकीमा जानकारी गराएको थियो। प्रहरीलाई जानकारी पश्चात प्रहरीले सो शिशुको शवलाई पानीबाट बाहिर निकाली जनकपुर अञ्चल अस्पतालमा परिक्षणको लागि पठाइएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय धनुषाले घटनाको विस्तृत अनुसन्धान भइरहेको बताउदै शिशु फाल्ने व्यक्ति खोजतलास तिव्रताका साथ भइरहेको प्रहरी नायव उपरीक्षक तथा प्रवक्ता मनोज यादवले जानकारी दिए।

जनकपुर अञ्चल अस्पताल वरीपरी रहेका निजी क्लिनिक तथा अस्पतालमा अवैध रुपमा गर्भपतन गराउने क्रम बढेसंगै नवजात शिशुहरु रंगभूमि मैदान र विभिन्न पोखरीमा पटक–पटक फ्याल्ने गरेको पाइएको छ। केही दिन यता जनकपुरको अरगजा सर पोखरीमा मात्रै तीन वटा शिशुको शव भेटिएको छ। पोखरीको वरिपरी रहेका क्लिनिक तथा अस्पतालहरुमा अवैध रुपमा गर्भ पतन गराइएको शिशुको शव फालिएको हुन सक्ने प्रहरीको आशंका रहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.