|

उदयपुर : उदयपुरमा १५ वर्षकी एक बालिकालाई बलात्कार गर्ने एक भारतीय नागरिकलाई पाँच वर्ष जेल र २० हजार जरिवान गर्ने फैसला भएको छ। जिल्ला अदालत उदयपुरले बिहीबार पाँच वर्ष जेल र क्षतिपूर्ति स्वरूप २० हजार रुपैयाँ जरिवानाको फैसला सुनाएको हो।
जिल्ला न्यायाधीश महेन्द्रबहादुर कार्कीको एकल इजालासले भारतको दरभंगा बहादुर पञ्चायत ठेकुली स्थायी घर भई हाल चौदण्डी नगरपालिका– ७ (साविक बेल्टार बसाहा– १) मा व्यापार गरी बस्दै आएका २५ वर्षका अमरनाथ लालदेवलाई यस्तो सजायको फैसला सुनाएको हो।

अदालतले अमरनाथलाई कैद भुक्तानका लागि बिहीबार नै कारागार पठाएको श्रेस्तेदार ऋतबहादुर मगरले जानकारी दिए। अमरनाथले ०७३ साउन ३२ गते बालिकालाई ललाई–फकाई बेल्टारको दमक होटलमा लगेर बलात्कार गरेको आरोप लागेको थियो। बलात्कारको क्रममा बालिका चिच्याएपछि होटलवालाले अमरनाथलाई समाती इलाका प्रहरी कार्यालयमा बुझाएका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.