|

रमेश पराजुली

सिन्धुपाल्चोक : जिल्लामा विनाशकारी भूकम्पपछि वन अतिक्रमण बढेको छ। घर-टहरा बनाउन स्थानीयले वनका रुख काट्न थालेका हुन्। पुननिर्माणको काम जिल्लामा तिव्र रुपले सुरु भैरहदा स्थानीयवासीले सामुदायिक वन तथा जिल्ला वन कार्यालयमा कुनै जानकारी नै नदिन वन फडानी गर्न थालेका छन्।

जिल्ला वन कार्यालयले वन अतिक्रमण र जथाभावी फडानी नगर्न निर्देशन दिएको सहायक वन अधिकृत तुलाराम घिमिरेले जानकारी दिए। भूकम्पअघि १७ वर्षमा १ हजार २ सय ४० रोपनी वन अतिक्रमण भएको तंथ्याकमा छ। जसमा १ सय ३६ वटा अस्थायी घर- टहरा बनेका छन्। भूकम्पपछि वन अतिक्रमण ह्वात्तै बढेको छ। भूकम्पपछि २३ महिनाको अन्तरालमा १ सय ९७ रोपनी अतिक्रमण भएको वन कार्यालयले जनाएको छ।  जसमा ७ सय ३७ वटा अस्थायी टहरा बनेका छन्।

‘हामीहरुले सामुदायिक वनभित्र घरटहरा नवनाउँन आग्रह गरेका छौँ’ सहायक वन अधिकृत घिमिरेले भने,‘हाम्रो आग्रहलाई वेवास्ता गर्दै अहिले वन अतिक्रमण बढेको छ। त्यसलाई कसरी रोक्न सकिन्छ भन्ने विषयमा वन कार्यालय लागिरहेको छ।’

सामुदायिक वन फडानी गरी निजि घर निर्माणको लागि काम गरिरहेका बेला स्थानीयवासीले पाउने सेवासुविधा प्रस्ट नभएको र आफुहरुले काठ वनबाट पाउनुपर्ने माग अघि सारेका छन्। वन विभाग अन्तर्गतको सामुदायिक वनले हालसम्म सिन्धुपाल्चोक जिल्लाबाट  १ हजार ८ सय क्युफिट काठ वितरण गरेको जिल्ला वन कार्यालयले जनाएको छ। पीडितले काठ नभएर पुनर्निमार्णको कामलाई तिव्रता दिन सकिरहेका छैनन्। वन कार्यालयमा अब २ सय क्युफिट मात्र काठ रहेको छ ।

भूकम्प गएपछि तत्काल बासस्थान निर्माण गर्नदेखि सामुदायिक वनले सहयोग पुर्‍याएको र पुननिर्माण पनि सबैभन्दा धेरै काठ सामुदायिक वनले नै सहयोग गरेको छ। जिल्लावासीको विरोध र सामुदायिक वन समितिले विवरण माग गरेसँगै निजि आवास निर्माणका लागि सुरु गरिएको हो। भूकम्प गएको डेढ बर्षपछि पीडितहरु निजि आवासमा तिव्र रुपले लागेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.