|

कपिलवस्तु :  स्थानीय निर्वाचनका लागि कपिलवस्तुमा २ सय ३३ मतदान केन्द्र सिफारिस भएका छन्। जिल्ला निर्वाचन कार्यालय कपिलवस्तुका अनुसार विगतमा कायम रहेका २ सय २५ मतदान केन्द्रमा ९ वटा नयाँ केन्द्र थप गरिएको हो।

मतदाताको सुविधालाई ध्यानमा राख्दै मतदान केन्द्र २ सय ३३ पुर्‍याइएको जिल्ला निर्वाचन अधिकृत ज्ञानहरि घिमिरेले जानकारी दिए। हालको मतदाता संख्या २ लाख ८७ हजार १ सय ८२ रहेको जिल्ला निर्वाचन अधिकृत ज्ञानहरि घिमिरेले जानकारी दिए। जिल्ला निर्वाचन कार्यालय कपिलवस्तुका अनुसार जिल्लामा ५ सय २६ जनप्रतिनिधि निर्वाचित हुनेछन्। नयाँ संरचना अनुसार जिल्लामा रहेका ६ नगरपालिका, ४ गाउँपालिका गरी ९६ वडामा जनप्रतिनिधि चयनका लागि चुनाव हुनेछ।

चुनावका लागि २६ दल दर्ता

जिल्ला निर्वाचन कार्यालय कपिलवस्तुका अनुसार जिल्लामा २६ दल दर्ता भएका छन्। जसमा नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी) केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय मधेश समाजवादी पार्टी, नेपाल सद्भावना पार्टी, राष्ट्रिय जनमोर्चा, नया शक्ति नेपाल, संघीय समाजवादी फोरम नेपाल, नेकपा माले, सद्भावना पार्टी, तराई मधेश लोकतान्त्रिक पार्टी, बहुजन शक्ति पार्टी, जनजागरण पार्टी नेपाल, मधेशी जनअधिकार फोरम (लोकतान्त्रिक), नेपाल जनता पार्टी, राष्ट्रिय मुक्ति आन्दोलन नेपाल, युनाइटेड ग्रीन अर्गनाइजेशन, नेकपा (माले–जनसमाजवादी), राष्ट्रिय जनमुक्ति पार्टी, नेपाल लोकतान्त्रिक जनता कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी, लोक दल, नेपाल कम्युनिष्ट पार्टी (माक्सवादीं) र नेपाल पूर्व राष्ट्रसेवक लोकतान्त्रिक पार्टी रहेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.