|

काठमाडौं : बैशाख ३१ गते तोकिएको स्थानीय तह निर्वाचनको लागि म्यादी प्रहरीमा भर्ना खुलेको छ। नेपाल प्रहरीले बिहीबार सूचना प्रकाशित गरी ७५ हजार म्यादी प्रहरीमा भर्ना खुलेको जनाएको हो।

१. माग पद संख्याः ७५ हजार

२. दरखास्त दिने मितिः २०७३ चैत ११ गते बिहान १० बजेदेखि चैत १७ बेलुका ५ बजेसम्म।

३. दरखास्त कहाँ बुझाउने? राजधानीमा प्रहरी परिसरहरु (काठमाडौं, भक्तपुर र ललितपुर) तथा सबै जिल्ला प्रहरी कार्यालयहरु।

४. उमेर हदः दरखास्त फाराम दर्ता गर्ने अन्तिम मितिसम्म १८ वर्ष पुरा भई ५४ वर्ष ननाघेको।

५. आवश्यक न्यूनतम योग्यता

  • नेपाली नागरिक हुनुपर्ने।
  • कुनै नैतिक पतन देखिने फौजदारी अभियोगमा कसुरदार नठहरिएको।
  • कुनै राजनीतिक दलको सदस्य नरहेको।
  • शारीरिक तथा मानसिक रुपले तन्दरुस्त रहेको।
  • साधारण लेखपढ गर्न सक्ने

६. कसले पाउँछन् प्राथमिकता?

  • नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरीमा कार्यरत रही पेन्सन वा उपदान प्राप्त पूर्व सुरक्षाकर्मी।
  • पूर्व वन रक्षकहरु।
  • नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बलको भर्नाको लागि आवेदन गरी शारीरिक परीक्षणमा समेत समावेश भएका प्रवेश पत्रको प्रतिलिपि पेश गर्ने व्यक्तिहरु।
  • विदेशी मित्र राष्ट्रका सुरक्षा निकालयहरुमा काम गरी सेवा निवृत्त नेपाली पूर्व सुरक्षाकर्मीहरु
  • विगतका संविधान सभा निर्वाचनमा म्यादी प्रहरीको रुपमा भर्ना भई राम्रो काम गरेका व्यक्तिहरु।

७. कहाँ सम्पर्क गर्ने? कहिले गर्ने?

फारम बुझाईसकेपछि २०७३ चैत १८ गते बिहान १० बजे आवेदन दर्ता गराएका सम्बन्धित प्रहरी कार्यालयमा सम्पर्क गर्ने र छनौट परीक्षाका लागि प्रवेशपत्र लिने।

८. छनौट कहिले हुन्छ त?

म्यादी प्रहरीका लागि आवेदन दिनेहरुले चैत १९ देखि २१ गतेसम्ममा छनौट परीक्षा दिनेछन्। अन्तिम छनौटको नतिजा चैत २२ गते प्रकाशित गरिनेछ। चैत २५ देखि बैशाख ८ गतेसम्म म्यादी प्रहरीमा छानिएकाहरुको प्रशिक्षण हुनेछ।

९. कति दिनको हुन्छ म्यादी प्रहरी?

स्थानीय निर्वाचनमा खटिने म्यादी प्रहरीको कार्याविधि ५५ दिनको हुनेछ।

१०. सेवा तथा सुविधा कति हुन्छ?

नेपाल प्रहरीको जवानले पाए सरहको तलब, भत्ता र तोकिएबमोजिम अन्य सुविधा उपलब्ध हुनेछ। 

यो पनि पढ्नुस्ः म्यादी प्रहरी खटाउँदा २ अर्ब बढी लाग्ने

पढ्नुस् प्रहरीको सूचना

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

कमेन्ट

  • म्यादी प्रहरी 2 दिनको भयर के गर्नु..? सदाको लागि राज्य ले हेर-बिचार गर्नु परो