प्यूठान : रुमालेमा जीप दुर्घटनामा ६ जनाको मृत्यु भएको छ। बिहान साढे आठ बजेतिर भएको दुर्घटनामा अरु तीन जना गम्भीर घाइते भएको प्रहरीले जनाएको छ।
स्वर्गद्वारी दर्शनका लागि ललितपुर सातदोबाटोबाट गएको बा ८ च १५६१ नम्बरको जीप आज बिहान सडकबाट करिब एक सय५० मिटर तल भिरमा खसेको हो।
मृत्यु हुनेमा ५ महिला र १ पुरुष रहेका छन् । दुर्घटनामा २ महिला र सवारी चालक गरी तीन जना घाइते भएका छन् ।
जीपमा ९ जना यात्रु सवार थिए। घाइतेहरूको उपचार स्थानीय प्राथमिक अस्पतालमा भइरहेको छ। दुर्घटनास्थल स्वर्गद्वारी आश्रमबाट तीन किलोमिटरको दूरीमा पर्छ ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।