|

प्युठान : प्युठानको स्वर्गद्वारीमा जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। काभ्रेको बनेपाबाट तिर्थयात्री लिएर आएको बा ८ च १५६१ नम्वरको स्कोर्पियो जिप शुक्रबार विहान दुर्घटना भएको हो। स्वर्गद्वारी नजिकै रुमाले भन्ने ठाउँमा बस सडकबाट १ सय ५० मिटर तल खसेको प्रहरीले जनाएको छ।

दुर्घटनामा ललितपुर महानगरपालिका-१४ तिसेदेवलका दिनेश बस्नेत, छोरीहरु दिक्षा, पद्मा र दिया छन्। त्यस्तै सुनिता श्रेष्ठ र श्रृष्टी खत्रीको पनि घटनास्थलमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।

दुर्घटनामा दुई महिला र गाडी चालक ललितपुर निवासी सरोज घले घाइते भएका छन्। घाइतेहरुको स्थानीय अस्पतालमा उपचार भैरहेको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.