|

नेपाल अनौठो मुलुक हो। आफूले बेहोरिरहेको हुनाले हाम्रा लागि यो अनौठोपन सामान्य लाग्छ। तर दुनियाँका लागि यो आठौँ आश्चर्यको वस्तु हुन्छ। हाम्रो मुलुकको विशेषता हो, सामन्तवादसँगै हिँडिरहेको समाजवाद। किनभने सामन्तवाद र समाजवादबीच कुनै सामञ्जस्य हुँदैन। भूपरिवेष्टित राज्यसँग छिमेकी मुलुक भारत छ। भारत छिमेकी भएको हुनाले नेपालले भूपरिवेष्टित मुलुकको कुनै अधिकार उपयोग गर्न पाएको छैन। 

क्यारेमबोर्डका सेता–काला गोटीहरू जसरी नै बाँडिएका छन्, समाजवादी पार्टीहरू अनि रातो रानी भएको छ– सङ्घीय लोकतान्त्रिक गणतन्त्रको जरैदेखि विरोध गर्ने हिन्दु अधिराज्यवादी पार्टी। विश्वको अर्को कुनै मुलुकमा देख्न, सुन्न पाइन्छ यस्तो आश्चर्य? पाइँदैन।

सबैभन्दा ठूलो विरोधाभाष हाम्रो राजनीतिक क्षेत्रमा छ। हिन्दु अधिराज्यवादी एउटाबाहेक नेपालका सबै पार्टीले आफूलाई समाजवाद पक्षधर मानेका छन्। तर सबै समाजवादी पार्टीलाई त्यही हिन्दु अधिराज्यवादी पार्टीको टेको चाहिएको छ, राष्ट्रको नेतृत्व गर्न। एउटा समाजवादीले अर्को समाजवादीलाई लतारेको छ, सिध्याएको छ, अछुत बनाएको छ। तर कुनै पनि एउटा गणतान्त्रिक समाजवादी पार्टीले हिन्दु अधिराज्यवादी पार्टीलाई तिरस्कार गर्न सकेको छैन।
यस्तो लाग्छ, क्यारेमबोर्डका सेता–काला गोटीहरू जसरी नै बाँडिएका छन्, समाजवादी पार्टीहरू अनि रातो रानी भएको छ– सङ्घीय लोकतान्त्रिक गणतन्त्रको जरैदेखि विरोध गर्ने हिन्दु अधिराज्यवादी पार्टी। विश्वको अर्को कुनै मुलुकमा देख्न, सुन्न पाइन्छ यस्तो आश्चर्य? पाइँदैन।
पछिल्ला केही घटनालाई नियालेर हेरौँ। माओवादी केन्द्रका अध्यक्ष तथा नेपाल सरकारका प्रधानमन्त्री पुष्पकमल दाहालको पार्टीले समाजवादको पनि कट्टर शाखाको प्रतिनिधित्व गर्छ। तर उहाँले आफ्नो पार्टीको एउटा इमान्दार मन्त्रीलाई खोसुवा गर्नुभयो, किन? किनभने लोकतान्त्रिक गणतन्त्रविरोधी चेत बोकेको, हिन्दु अधिराज्यवादी पार्टीले त्यो जागिरमा आँखा गाडेछ। त्यतिबेला प्रधानमन्त्रीले समाजवाद त बिर्सनुभयो नै, उहाँले आफ्नो पार्टी गणतन्त्रको संवाहक हो भन्ने सत्य पनि बिर्सनुभयो। हुनत माओवादी केन्द्र यो काममा ‘नम्बर टु’ भयो। यसभन्दा अगाडि नै नेकपा एमालेका अध्यक्ष तथा तत्कालीन नेपाल सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीले सामन्तवाद र समाजवादलाई एउटै थालीमा राखेर बालुवाटारमा प्रधानमन्त्री पूजा गर्नुभएको थियो।
यस्तै गल्ती वर्तमान सत्ता संचालक पार्टीका संयोजक तथा नेपाली कांग्रेसका समाजवादी सभापति शेरबहादुर देउवाले पनि गरिहाल्नुभएको थियो। पार्टीभित्रै विरोधको आगो बलेको हुनाले उहाँले आफ्नो अपराधकर्म रोक्नुभयो। जनपक्षीय काम गरेवापत उहाँले स्वास्थ्यमन्त्री गगन थापालाई हटाएर कुनै अर्को समाजवादविरोधी मनुष्यलाई मन्त्री बनाउन आँट्नुभएको थियो, तर पार्टीभित्रको बबालले उहाँको सातो खायो। उहाँ आफ्नो समाजवादप्रति पूर्ण प्रतिवद्ध त हुनुभएको छैन, पार्टीभित्रको अर्को गुटले आफूलाई पाखा लाइदेला भनेर उहाँले दाउ हान्ने मौका पर्खिनुभएको मात्र हो। जुन दिन उहाँ शक्तिशाली बन्नुहुन्छ, त्यही दिन उहाँले नेपाली कांग्रेसको अनुहारबाट समाजवाद स्वाहाः गरिदिनुहुन्छ।
अर्को एउटा विचित्र नामको पार्टी छ– सङ्घीय समाजवादी पार्टी। अर्थात वास्तविक समाजवादी पार्टी। नेपालले पाउनुपर्ने अन्तर्राष्ट्रिय अधिकारलाई कुण्ठित पारेर नेपालविरुद्ध अभियान चलाउने तथा छ/छ महिना नेपाली सीमानाका नाकाबन्दी गरेर नेपाल राष्ट्र र नेपाली जनतालाई धरधरी रुवाउने दिल्ली सत्ताका विरुद्ध बोल्ने त कल्पना पनि नगरौँ, हाम्रो समाजवादको इज्जत गयो प्रभु भनेर अरण्यरोदन गर्ने हुतीसमेत नभएको पार्टीले नेपालमा कस्तो खालको समाजवाद ल्याउने होला!

त्यति मात्र होइन, पछिल्ला दिनमा भारतको उत्तर प्रदेशको मुख्यमन्त्री छानिएका कट्टर हिन्दुवादी गोरखनाथ पिठका पिठाधीशको जगजगी चल्न थालेपछि त्यसले पार्टीको नाम के राख्ने होला? नेपालमा राजनीतिक द्वन्द्व चलेको बेला त्यस पार्टीका अध्यक्षको एउटा दीक्षान्त त्यही गोरखनाथ मठतिर भएको थियो। यति मात्र होइन, केही दिनअघि अध्यक्ष उपेन्द्र यादव दिल्लीको निर्देशन (हलुका बनाउन सुझाव भनिदिँदा पनि हुन्छ) लिन दिल्ली जानुभएको थियो। चुनावमा भाग लिने कि नलिनेजस्तो सामान्य मुद्दामा समेत दिल्लीको अनुमति लिनुपर्ने पार्टीले सङ्घीय समाजवादी फोरम नाम राख्नु आफैँमा व्यंग्य हो। नेपालको समाजवादी पार्टी कट्टर हिन्दुवादी पार्टी, भारतीय जनता पार्टीलाई आफ्नो राख्ने कुराले समाजवादलाई तिरस्कार गर्नेबाहेक अर्को कुनै काम गर्दैन।

उग्रवामपन्थ कहिल्यै पनि वामपन्थ हुँदैन। अन्तिम निष्कर्षमा त्यो सधैँ दक्षिणपन्थको हितरक्षक हुन्छ। पाङ्दुरे पार्टीले आफ्नो नाम समाजवादी राख्नु र उग्रवामपन्थी पार्टीले आफ्नो नाम कम्युनिस्ट राख्नु उस्तैउस्तै हुन्छ। त्यसैले नेपालको संसदमा साठी प्रतिशत वामपन्थी छन् भन्नु वामपन्थीहरूको आत्मरति मात्र हुन्छ।

नेपालको राजनीतिक भद्रगोल व्यवस्थापनलाई सुधार्ने हो भने सबै पार्टीहरूको निश्चित सिद्धान्त हुनुपर्छ। सिद्धान्तअनुसारको व्यवहार हुनुपर्छ। समाजवाद भनेको पूँजीवाद भन्दा सबै क्षेत्रमा अग्रगामी हुनुपर्छ। समाजवाद बन्दुकको नालबाट अब जन्मिँदैन भन्ने सत्यलाई नेपालका सबै कम्युनिस्ट पार्टीले बुझ्नुपर्छ। यतिबेला हाम्रो देशको चेतना सामन्ती नै हो। प्राथमिक चरणको पूँजीवाद अत्यन्तै कमजोर हुन्छ। हाम्रो देशको पूँजीवाद यही प्राथमिक चरणमा छ। त्यसैले हाम्रो राजनीतिमा समाजवाद धेरै पर छ। नेताले जेजस्ता भाषण गरे पनि अहिलेको नेपालले नागरिकको शिक्षा तथा स्वास्थ्यलाई निःशुल्क गर्न सक्दैन।
व्यक्तिहरूलाई मन परे पनि नपरे पनि मुलुकले राजनीतिक ध्रुवीकरण खोजिरहेछ। सरल समीकरणको हिसाबमा नेपालको संसदमा ६० प्रतिशत बामपन्थी छन् भनिन्छ। उग्रवामपन्थ कहिल्यै पनि वामपन्थ हुँदैन। अन्तिम निष्कर्षमा त्यो सधैँ दक्षिणपन्थको हितरक्षक हुन्छ। पाङ्दुरे पार्टीले आफ्नो नाम समाजवादी राख्नु र उग्रवामपन्थी पार्टीले आफ्नो नाम कम्युनिस्ट राख्नु उस्तैउस्तै हुन्छ। त्यसैले नेपालको संसदमा साठी प्रतिशत वामपन्थी छन् भन्नु वामपन्थीहरूको आत्मरति मात्र हुन्छ। किनभने अहिले माओवादी नाममा  गरिएका सबै समूह उग्रवामपन्थी छन्। नागरिक स्वतन्त्रताको सुनिश्चितता गर्दै, राज्यका अवयवहरूलाई क्रमशः नागरिक सत्तामा समायोजन गर्दै सबै कम्युनिस्ट पार्टीले आफ्नो पक्षधरता देखाउनुपर्छ। यसका लागि, सर्वहारा वर्गको अधिनायकत्व अथवा जनताको जनवादी अधिनायकत्वको भ्रममा रुमल्लिई रहेका सबै कम्युनिस्ट पार्टीहरूले शिरदेखि पुछारसम्म आमूल परिवर्तन गर्नुपर्दछ। 
२०४५ सालसम्म नेपाली कांग्रेस एउटा मध्यमार्गी पार्टी थियो। ०४८ पछि त्यो सम्पूर्णतामा एउटा दक्षिणपन्थी पार्टी बनेको छ। ०४८ सालमा नेपाली कांग्रेसको सरकारले ल्याएको अनियन्त्रित निजीकरणले मुलुकको औद्योगीकरणको प्रक्रियालाई कम्तिमा पनि दुई दशक पछाडि धकेलेको छ। यस्तो स्थितिमा नेपाली कांग्रेसले आफूलाई समाजवाद पक्षधर नभन्नु नै इमान्दार अभिव्यक्ति हुन्छ। समाजवादको नक्कली खास्टो झिक्नेबित्तिकै त्यो दक्षिणपन्थी खेमाको नेता हुन्छ।
भद्रगोल व्यवस्थापनबाट बच्न अलिक कडा निर्णय गरौँ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.