|
Photo : AFP

एजेन्सी : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प धेरैजसो अरुको आलोचना गरेर चर्चामा आउँछन्। तर बिहीबार उनी फरक स्टायलमा देखिए।

उनी अमेरिकाका ट्रक निर्मार्ता कम्पनीहरुका अधिकारीहरुसँगको एक बैठकमा थिए। यस बैठकमा केही ट्रक ड्राइभर पनि उपस्थित थिए। जब यो बैठक सकियो। त्यसपछि उनले सबैलाई धन्यवाद दिए र व्हाइट हाउस बाहिर रहेको ट्रकभित्र छिरे।

उनले त्यसपछि ड्राइभर सिटमा बसेर हर्न बजाए। अमेरिकी राष्ट्रपतिको यो क्रियाकलाप त्यहाँ उपस्थित सबैका लागि नौलो थियो। त्यहाँ उपस्थित ट्रक कम्पनीका अधिकारी र ड्राइभरहरु उनको क्रियाकलाप देखेर दंग परेका थिए। त्यही अवसरम फोटोग्राफरहरुले उनका थुप्रै फोटो खिचे।

त्यसपछि हौसिएका ट्रम्पले थप पोज दिन थाले।

उनले त्यसपछि ट्रकबाट ओर्लिएर फेरि ड्राइभरहरुलाई धन्यवाद दिए। उनीहरुको प्रशंशामा भने,'तपाईहरु दैनिक सयौं किलोमिटर ट्रक चलाउनुहुन्छ। थुप्रै खतरनाक बाटाहरु पार गर्नुहुन्छ।  घण्टौंसम्म यात्रा गर्ने ट्रक ड्राइभरहरुले जत्तिको राम्रोसँग अन्य कसैले पनि अमेरिकालाई बुझ्न सक्दैनन्।'

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.