|

एजेन्सी : तपाई कतिदिनमा आफ्नो नङ काट्नुहुन्छ। कसैलाई नङ पाल्ने सोख पनि हुन्छ। फेसनका लागि पनि मानिसहरु नङ पाल्छन्। तर भियतनामको नाम डिन्ह राज्यस्थित येन जियामा बस्ने ५८ वर्षिय लु कोङ हुयन नङको नङप्रतिको मोह देख्नुभयो भने तपाई छक पर्नुहुनेछ।

उनले नङ पाल्न थालेको ३५ वर्ष भयो। आफ्नो नङ जोगाउनका लागि उनी निकै सजग रहन्छन्। नङ भाँचिएला कि भन्ने पीर उनलाई सधैं हुन्छ।

उनले सोखकै रुपमा नङ पाल्न सुरु गरेका हुन्। 'मानिसहरुका धेरै रहर हुन्छन्। जस्तो चरा पाल्ने, रुख रोप्ने वा पुराना गाडी जम्मा गर्ने। मेरो सोख नङ पाल्ने हो,' उनले भने,'नङ पाल्न निकै गाह्रो छ। हरेक समय आफ्नो नङ जोगाउनका लागि म सतर्क रहनुपर्छ।'

उनको हातका १० वटै औलाका नङ लामा छन्। त्यसमध्ये सबैभन्दा लामो नङ  ५५ सेन्टिमिटर लामो छ। उनले प्राय पानीले भिजेका बेला नङ भाँचिनसक्ने खतरा रहेको बताए। उनी नङ जोगाउनका लागि सकभर कम नुहाउँछन्। आकाशबाट पानी परेको समयमा नङ जोगाउन प्लास्टिक ब्यागले हात छोप्छन्।

एकपटक दुर्घटनामा परेपछि उनको एउटा नङ भाँचिएको थियो। त्यसपछि उनी निकै स्तब्ध भए। लामो समय खाना खाएनन्। तर त्यसपछि झनै सतर्क भए र नङ जोगाउन लागे। आफु उनी मर्न तयार भएको तर नङ भाँचिएको सहन नसक्ने उनले बताए।'एकपटक दुर्घटनामा परेका बेला नङ जोगाउने ध्यानमा रहदाँ झन्डै मरेको थियो,' उनले भने,'मलाई नङ काटेको खण्डमा थुप्रै पैसा दिन्छु भनेर प्रस्ताव गर्नेहरु पनि छन्। तर म पैसाका लागि नङ बेच्न सक्दिन,' उनले भने।

उनलाई छोराछोरीले नङ काट्न थुप्रैपटक सुझाव दिएका छन्। श्रीमतीले नङ काट्न आग्रह गरेकी छिन्। तर उनी तयार छैनन्। हुयन भियतनाममा सबैभन्दा लामो नङ भएका व्यक्ति हुन्। तर गिनिज बुक अफ वर्ल्ड रेकर्डमा नाम लेखाउन भने उनले अझै लामो बाटो तय गर्न बाँकी छ। 

हुयनको सबैभन्दा लामो नङ ५५ सेन्टिमिटर लामो छ। गिनिज बुकमा लामो नङका लागि नाम लेखाएका भारतका श्रीधर चिल्लालको सबैभन्दा लामो नङ १ सय ८६ दशमलव ६ सेन्टिमिटर लामो छ। सबै नङहरुको लम्बाई जोड्दा चिल्लाको नङको लम्बाई ९ सय ९ दशमलव ६ सेन्टिमिटर लामो हुन्छ।

भिडियो हेर्नुस् : 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.