|

काठमाडौं : अवैध विदेशी मुद्रा लिएर थाइल्याण्ड जान लागेका एक भिक्षुणी सहित चार जना महिला त्रिभुवन विमानस्थलबाट पक्राउ परेका छन्।

२ लाख ८६ हजार १ सय ६२ अमेरिकी डलर, २ लाख ७३ हजार १ सय ८० भारतीय रुपैयाँ र ४६ हजार ८ सय थाई भाट लिएर थाई एयरबाट थाइल्याण्ड जान लागेका उनीहरुलाई पक्राउ गरिएको त्रिभुवन विमानस्थलका डिआईजी पंकज श्रेष्ठले जानकारी दिए।

एयरपोर्टमा एक्सरे मेसिनले जाँच गर्ने बेलामा हामीले पत्ता लगाएका हौं' उनले भने 'एक जना वौद्ध भिक्षुणी र अरु तीन जना शिष्यहरु रहेका छन्।' उनीहरु शुक्रबार दिउँसो सवा १२ बजे थाइल्याण्ड जान लागेका डीआईजी श्रेष्ठले बताए। उनीहरुमाथि अनुसन्धान सुरु गरिएको उनले जानकारी दिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.