|

काठमाडौं : यसवर्ष माध्यमिक शिक्षा परीक्षा दिएका विद्यार्थीलाई चन्द्रागिरी हिल्सले केबलकारमा आधा भन्दा बढी छुट दिएको छ। काठमाडौंको चन्द्रागिरि जान उनीहरुले केबलकारमा जम्मा ३ सय रुपैयाँ तिरे पुग्नेछ।

चन्द्रागिरि जान केबलकारको शुल्क ७ सय रुपैयाँ भए पनि एसईई दिने परीक्षार्थीले प्रवेपत्र देखाएर ३ सय रुपैयाँमा जान सक्ने कम्पनीले जनाएको छ। चैत मशान्तसम्म उनीहरुले छुट पाउने चन्द्रागिरि हिल्सले विज्ञप्ति मार्फत जानकारी दिएको छ।

छुट अन्तर्गतको टिकट कम्पनीको थानकोटस्थित टिकट काउन्टरमा मात्र उपलब्ध हुने कम्पनीले जनाएको छ। यसै वर्षदेखि सञ्चालनमा आएको केबलकार चढेर चन्द्रागिरि डाँडामा रहेको भालेश्वर महादेव मन्दिर, सत्तल, भ्यू टावर, चिल्ड्रेन पार्क घुम्न सकिनेछ। भ्यूटावरमा रहेको दुर्विनबाट सगरमाथा लगायतका हिमश्रृङ्खला देखिने कम्पनीले दावी गरेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.