|

निभ्न लागेको टुकीको कथा धेरैपल्ट सुनेको हो। तर, जब सारमा काँचो माटोलाई भुसको आगोमा पोलेर टक्टक्याउँदै पुछेर तेल हालेर बाल्छौँ, मोहक गन्धकुटीका भित्तामा प्रकाश बिस्तारित भावमा पोतिन्छ। अचल अव्यक्त पदार्थहरूसँग बोल्नलाई धेरै कुराहरू हुन्छन्, ती नबोलीकनै मनसँग साझा बनिदिन्छन् र सोचअनुरूपको रीतमा थपक्क बसिदिन्छन्। 
प्रभुका लागि झुल्किएको अनौठो कृपा अस्तित्वको, सबै लीला भन्छन्, कोही प्रारब्ध भन्छन्, कोही आश्चर्य मानेर टोलाइरहन्छन्। 

असनको अपत्यारिलो जंघारमा तैरिरहेका बेला भेटिएकी निभा एक पदपूर्ति हिस्साकी निस्सा थिई, ख्याक भेटिने संघारमा ऊ भेटिएकी थिई र प्रभु कुबेरनाथको ध्यान भंग गरेकी थिई। 

सन्तुलित रूपमा पेय पदार्थको घुट्की लगाउनु, क्युवाली सिगार पिउनु स्वर्गीय फिडेलप्रतिको सम्मान थियो भन्थे उनी। अमेरिकी झण्डाको बुट्टा भएको हाफ–पाइन्ट लगाउँथे र ‘यो अमेरिकाप्रतिको अपमान हो’ भन्थे। प्रायः लगाउने हरियो टी–सर्टका बारेमा जिज्ञासा राख्दा ‘यो संसारभरिका गैरमुस्लिमहरूप्रतिको स्नेह’ भन्ने जवाफ दिन्थे।

निभाका बारेमा प्रभु कुबेरननाथको बारम्बारको प्रस्टोक्तिले खुसी र विस्मित मनोदशा सहजै आँकलन गर्न सकिन्थ्यो। प्रभु पछिल्लो पटक स्वयम्भूनाथको उकालोमा छडी लिएर चे ग्वेभेरा अंकित टोपी लगाई स्याँ–स्याँ गरिरहँदा भेट भएको थियो। प्रभुको हातमा समाइएको छडी हेर्दा लाग्थ्यो, उनी भूतपूर्व सेनापति हुन् अथवा रगतको साइनो बोकेका राजखलकका उत्तराधिकारी हुन्। आफ्नो कुरा भन्न र अरूका कुरा सुन्न आतुर नगरका एक्ला अपुताली थिए, प्रभु कुबेरनाथ।यौवनको रुमानी संस्करणमा अवतरण गरेका षोडसीहरूका बारेमा मनोरम रूपक बुनेर बिहानी पदयात्रीलाई भरपूर आनन्द दिन्थे, कथावाचक प्रभु कुबेरनाथ।

ओशोको ‘ओसनिक फ्लाइट’मा उडान भरेर बादलमा अल्लारिइरहेका उनी सधैँ भन्थे, ‘म मेरी श्रीमतीको एक्लो स्वामी पो, नाथे नाजायज नथनीहरूसँग नत्थी लगाएका भरमा मलाई स्वामी कहलिनु छैन।’ ओशोको ओसमा आजीवन बस्न सक्छु म भन्ने उनले सधैँ होसमा नै रहेर सबै काम गरे। सन्तुलित रूपमा पेय पदार्थको घुट्की लगाउनु, क्युवाली सिगार पिउनु स्वर्गीय फिडेलप्रतिको सम्मान थियो भन्थे उनी। अमेरिकी झण्डाको बुट्टा भएको हाफ–पाइन्ट लगाउँथे र ‘यो अमेरिकाप्रतिको अपमान हो’ भन्थे। प्रायः लगाउने हरियो टी–सर्टका बारेमा जिज्ञासा राख्दा ‘यो संसारभरिका गैरमुस्लिमहरूप्रतिको स्नेह’ भन्ने जवाफ दिन्थे। मोटो संसार अटाएको थियो, उनको पातलो शरीरमा। 
उनका यौवनका यावत कथा संस्करणहरू सुन्दा लाग्थ्यो, श्रोताहरू तीर्थका लागि लामो मरुभूमिको यात्रामा लागेका छन् र थकान हराउन हरेक पल्ट नयाँ कथा भनिरहेका छन्। स्वयम्भूको पूर्वको ढुंगे भ¥याङमा उनका हजार पदावली लिपिबद्ध छन् सायद। यदि सकिन्छ भने खोज्नू ती हराएका शिलाहरू। ती चिसा ढुंगामा कँुदिएका प्रभुका कथा शृंखलाहरू गाभिएका छन्। ढुंगामा कुनै यन्त्र लगाएर बोलेका वाणीहरूको ‘कोडिङ’ गरी अनुवाद गर्न सकियो भने थाहा हुनेछ, प्रभुका अविराम कथाहरू कसरी चिसो ढुंगाको तातो हृदयमा थपक्क बसेका छन्। आवाजलाई उतार्न सक्यौँ भने थाहा हुनेछ चमत्कार, कति कर्णप्रिय थिए– प्रभुका कथावाचन। 
मलाई उनले भनेको कथाको एक हिस्सा निभाका बारेमा निकै गहिरो लागेर अन्य दुई÷चार पल्ट पनि सोधेको थिएँ। 
‘प्रभु, यो लीला किन यति क्रूर र निर्मम हुनसक्छ? निभाको जीवनमाथि नै ती तमाम घटना किन बारम्बार घटे होलान्? घटना घट्नमा ऊ हाबी भई वा सम्मिलित पात्रको बढी भूमिका छ?’
बेजोड स्मृति क्षमता भएका प्रभुलाई मैले जतिपल्ट प्रश्न सोधेँ, उति नै पल्ट एकैखालको जवाफ पाएको थिएँ। निभाको संसारमा घटेका यावत घटनाहरूको जिम्मेवार ऊ आफैँ थिई। सबै कुरा थाहा पाएर पनि ऊ अज्ञानी थिई, भइरहेका कृत्यबारे जानकार भएर पनि परवाह गरिन उसले भविष्यको गोलालाई, जसले उसलाई आजीवन डसिरहनेछ। सम्झनाको कारावास फलामे डण्डीको कारागारभन्दा भद्धा हुन्छ सायद। त्यही विम्ब पोखिएको थियो प्रभुको स्वीकारोक्तिमा। 
प्रभुको मुखारविन्दबाट झरेका निभाका बारेमा शृंखलाहरू यति शक्तिशाली छन् कि बारम्बार स्मृतिको डिलमा आएर भित्र आऊँ कि नआऊँ भनिरहन्छन्।

फलेको वैँशको के कुरा, कस्ता कुरूप अनुहार त यौवनमा बल्छन् भने यी नारी स्वाभाविक रूपमा लावण्ययुक्त थिइन्। उनको घरसम्म धेरै रिकुटेहरूले रिवनको बाटो बनाएका थिए। बाह्य शरीर र भित्री सुन्दरताको दोभानमा फूलेकी मनफूल थिइन् उनी। 

निभा एक औसत परिवारमा जन्मेकी पहिलो सन्तान थिई, पारिवारिक जरो जहाँ गए पनि पातको गति र हावाको बेगमा लयबद्धता पाउन सकेझैँ रैथाने जातिका लागि आफ्नै जातको हाँगो पछ्याउँदै जानु स्वाभाविक नै थियो। धेरैले यही बाटो पछ्याएका कारण यो स्वभाव प्रचलन बन्न पुग्यो। उसका मातापिता त्यही चलनका चल्लाचल्ली थिए र आपसी सल्लाहमा विवाह गरेका थिए। सामान्य परिवार भए पनि निभाकी आमा औसत महिलाको दाँजोमा पृथकता बोकेकी निखर प्रचुरता भएकी नारी थिइन्। उनको सोच र व्यवहार पनि लोभलाग्दो थियो। फलेको वैँशको के कुरा, कस्ता कुरूप अनुहार त यौवनमा बल्छन् भने यी नारी स्वाभाविक रूपमा लावण्ययुक्त थिइन्। उनको घरसम्म धेरै रिकुटेहरूले रिवनको बाटो बनाएका थिए। बाह्य शरीर र भित्री सुन्दरताको दोभानमा फूलेकी मनफूल थिइन् उनी। 
निभाका पिताको विरही बाल्यकाल, सबै भएर पनि नभएझैँ थियो। बालआँखाले भ्याएसम्मको खेतमा प्रेमको खडेरी थियो, अभावको दैनिकी थियो। कसलाई आफ्नो भन्ने र वह सुनाऊँ? द्विविधाग्रस्त जीवन चुलिँदै आएको थियो। निरन्तर लगनले टाउकोमा बसेको टोपीलाई तल गिर्न दिएन, इमानको जीवनशैली आत्मसात गर्दै उनले स्वनिर्मित राजमार्गमा व्यावहारिक गाडी चलाएका थिए। अविच्छिन्न लगनले असनसम्म पु¥याएको थियो। त्योभन्दा पनि पर अमीरहरूको देश अमेरिकासम्म पु¥याएको थियो। शब्दहरूको छायामा बस्न सिकाएको थियो। कहिले शब्दको मात लागेर लडेँ, कहिले धनको मात लागेर लडेँ, दुईको अन्तरद्वन्द्वमा दैनिकीको बल्छी थापिरहेका बेला विवाहको प्रस्ताव आएको थियो। सरदर नेपाली उचाइ भएको, मेधावी लक्का युवाका युवती साथीहरूको इख पनि लोभलाग्दो थियो। मन हर्ने चम्किला युवतीहरू मात्र बाहिरी चर्चामा आउने गर्दथे। तिनैसँगको लसपस र व्याकुलतामाथि सम्बन्धको स्थायी घर बन्न सकेन। शरण थियो कि, मरण वा संयोग थियो कि सुनियोजित समर्पण तर, विहे त्यसरी नै भयो, जसरी अरूको हुन्थ्यो। बार्दलीबाट साउती मार्ने एकजोर आँखाको सुन्दरतामा हारेका थिए, निभाका पिताले। 
विहेपछिको संसार सबैको सुनौलो हुँदैन। पहिलो रातको उत्सुकता र महिना दिन लामो बिसौनीपछि आमपुरुष आमनवदुलहीका लागि फिका लाग्छन् होला। प्रभु कुबेरनाथको शरणमा आएर मरणबाट वञ्चित अनाथ आत्माहरूका यायावर कथाहरूमा निभाको कथा विशेष थियो। कथा भन्ने बेलामा पनि त्यो विशेषता रह्यो र सम्झने बेलामा पनि निभाप्रतिको उच्चतम लगाव रहिरह्यो। 
प्रभु अगाडि भन्नुहुन्छ, ‘त्यसरी विहे भएपछिको पहिलो सन्तानका रूपमा निभाको जन्म भएको थियो। नसोध, नखोज पहिलो सन्तान तिम्रो छोरा हो कि छोरी? सम्झ केवल सन्तानको ममता बात्सल्य र फर्क आफ्नो बाल्यकालमा। पहिलो सन्तानको ललाटभरि आमाबुबा दुवैको जीवन रसाएको हुन्छ, थोरै आमाबाट चोरेर थोरै बाबाबाट चोरेर, थोरै मामाबाट चोरेर खुलेकी सन्तानको आगमन परिवारका लागि खुसीको बहार बन्नपुग्यो। निभाका बुबाआमा औसत पूर्वीय संस्कारले पूर्ण रूपमा ग्रस्त भइसकेका थिएनन्। दुवैले पाएको शिक्षाका कारण हो कि उनीहरूको बुझाइले हो, के छोरा, के छोरी कुनै भेद थिएन, रत्तिभर क्लेस थिएन। प्रेमको आँगनमा एउटी पुतलीको बसाइ शानदार र मोहक थियो। हरदिन निभाको वासना लिएर रमाउने आमाबाबाको काख टोलछिमेकमा कुरा गर्ने विषय बनेको थियो। प्रेमको प्रसव प्रहरमा न छोराको लालसा थियो, न छोरीको आशा, सतत् घटेको सृष्टिको राज थियो। त्यो दिन थियो, त्यो रात थियो, प्रेमका कैयौँ अवतारहरू थिए, ती सबैको पराग चोरेर निभा जन्मिएकी थिई।

निभा करिब–करिब निभ्न लागेकी टुकी जस्ती थिई। खोला किनारमा बसेर रूखको छाया हेर्नु र बहेका पातहरूसँग कोमल जोवनलाई स्खलित बनाइरहेको क्षण हृदयविदारक थियो। पीडा निचोर्न आफैँसँगको अन्तद्र्वन्द्वमा फसेकी थिई ऊ। 

पितामा अन्तर्मुखीपना धेरै, आमामा ममताको घडा हुने नै भयो। कम्युनिस्टका भूतहरूले भन्ने ‘संसारभरका मजदुरहरू एक हौँ’ फगत गलत दलित सोचको उपज हो। ती गरिब निमुखा कामकाजी परिश्रमी हातहरू कहिले पो एकसाथ हुनसक्छन्? विलासी नेताहरू रङगीन मिठाईको पोकोमा सपना बाँडिरहेका छन्। तर, संसारभरिका आमाहरू भने एकै खालका हुन्छन्, ती एक हुनसक्छन्, एकै हुन् पनि। प्रकृतिको स्थायी सार र ओत आमाको गर्भ भइरहेसम्म सीताको माटोको भाँडो, आधुनिक चिकित्साको टेस्टट्युुव बेबी, अत्याधुनिक प्रजननशालामा जति नै प्रयास गरे पनि प्राकृत आमाको ममताको काखको अर्को कुनै विकल्प हुनेछैन। यसको सानो झिल्कोका रूपमा ‘ब्रेस्ट फिडिङ’ उर्लेर आएको छ, ‘न्युडिटी’को वैज्ञानिक व्याख्या झुल्केको छ। 
राजनीतिमा चारैतिर स्वतन्त्रताको बतास चलिसकेको थियो। मान्छेहरूबाट पशुपंक्षीहरूमा सरेको अधिकारको कुरा पृथ्वीमा भएर चल अचल सबैको अधिकारको पैरवी गर्नसम्म मान्छे लागिपरेको छ। नेपालमा पनि विश्वको प्रभाव पर्दो थियो। राज गर्ने राणाहरूको राग निभेर घुमाउरो रूपमा राणाहरूसँग जोडिएका ज्वाइँनारान् खलकका राजाहरू उठ्ने बेलामा निभा झुल्केकी थिई। स्वतन्त्र रूपमा एकलौटी राज गरिरहेका राजाहरूका भाइ–भाइमा राज गर्नका निम्ति रजाइँ चल्दै थियो। अग्ला घरहरूले धाप मार्न लागेको थियो, राजाको गाउँ। 
पुर्खाको थलो भक्तपुर हो तर, कान्तिपुरमा बिगुल बज्यो, त्यहाँ बस्यो। पछि बस्ती बन्दीपुर स¥यो, एकसुरे डाँडाको डिलमा कतिन्जेल बस्ने भनेर तराई झ¥यो। औलोको माहामारीमाथि विजय प्राप्त गरी फेरि पुर्खाका पाइला पछ्याउँदै सन्तति फर्केको परिदृश्य थियो। 
परिवारमा पहिलो सन्तान जन्मेपछि एकखाले जिम्मेवारी बढ्छ, शिर गह्रौँ हुन्छ। धेरै पिताको गह्रौँपना बिस्तारै व्यवहारमा देखिन थाल्छ। त्यस्तै भयो निभाको घरमा पनि। सानो उमेरमा दुःखदायी जीवन बिताएका निभाका पिताले छोरीलाई आवश्यक सबै चिजबिजको प्रबन्ध गरे। राप्ती किनारमा छुटेका लहरहरू अहिले समुद्रमा पुगेर बाफ बनिसके होलान् तर, ती बाल्यकालका मुना स्मृतिहरू ठूलो परिवारको घेराबाट उक्लेर दुर्गम उडान भरेको व्याकुल पंक्षीझैँ टहलिरहेका छन्। सायद हरेक पिताको मन त्यसै भन्दो हो। आफ्नो बाल्यकालको दर्पणमा सन्तानको भविष्य देखेपछि, आत्मविश्वास बलियो भएर आउँछ। निभाका पिताको रेखदेख पनि स्तरीय खालको थियो। आफ्नो बाल्यकाल बिर्साउने गरी छोरीको अध्ययनमा बिताए। गतिलो विद्यालयभन्दा पनि गतिलो शिक्षाको भोक उनमा थियो, त्यसैले छिमेकी सहरका विभिन्न दिशामा घुमाए। 
यौवनको घडा भरिएपछि निभाको नीलो दहमा रङ पोत्न आउने नीलकमलका विभिन्न चरणहरू पार गरेर जीवनभर विवाह नगर्ने सर्तमा सन्यासी जीवन बिताइरहेका बेला प्रभुसँग भेट भएको थियो। प्रभुको चरणमा शरण परेपछि जस्तोसुकै गल्ती क्षम्य हुने आत्मविश्वास नगरमा थियो। धन्वन्तरी कामदेव झाको विश्वस्तरीय चर्चाभन्दा गह्रौँ व्यक्तित्व प्रभुको थियो। नाम कुबेरनाथ भए पनि प्रभुमा बिछट्टै खालको आन्तरिक सम्पन्नता थियो, त्यसको चाल थोरैले पाएका थिए। 
निभा करिब–करिब निभ्न लागेकी टुकी जस्ती थिई। खोला किनारमा बसेर रूखको छाया हेर्नु र बहेका पातहरूसँग कोमल जोवनलाई स्खलित बनाइरहेको क्षण हृदयविदारक थियो। पीडा निचोर्न आफैँसँगको अन्तद्र्वन्द्वमा फसेकी थिई ऊ। 
शरीरलाई शेष दिऊँ कि जीवनभर प्रभुको भक्तिमा समर्पण गरूँ? दोसाँधमा फसिरहेका बेला चिचिनोको स्वरूपमा प्रभुको साक्षात्कार भएको थियो। जीवन र भक्ति भजनमा ऊ डुबिरही। 
प्रभु अक्सर भन्नुहुन्थ्यो, ‘ऊ अस्तित्वले दिएको शरीरको उमेरभन्दा धेरै बाँचेर गई। निकै बलियो भाग्य ईश्वरसँग खोसेर लिएर आएकी थिई।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.