|
Photo : File

सुर्खेत : माओवादी केन्द्रका नेता रामबहादुर थापा बादलले संविधान कार्यान्वयन गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न ३ वटै तहको चुनाव आवश्यक रहेको बताएका छन्। सुर्खेतमा माओवादी केन्द्रले आयोजना गरेको चुनावी जनसभामा उनले महिलाहरुले खुलेर आफ्नो अधिकार लिनुपर्ने बेला आएको बताए।

पूर्व गृहमन्त्री तथा माओवादी केन्द्र प्रदेश नम्बर ६ का ईन्चार्ज शक्ति बहादुर बस्नेतले माओवादीको त्याग र बलिदानले जनताले स्थानीय सरकार प्राप्त गरेको बताए। उनले आगामी चुनावमा जनताले माओवादीलाई विश्वास गरेर पहिलो पार्टी बनाउने दाबी गरे।

सभालाई माओवादी केन्द्रका नेता कालीबहादुर मल्ल, पार्टीका सचेतक सिता नेपाली, माओवादी केन्द्र ६ नम्बर प्रदेशका संयोजक मायाप्रसाद शर्मालगायतले सम्बोधन गरेका थिए।

वीरेन्द्रनगर नगरपालिकामा उम्मेद्धवारी घोषणा

जनसभाका दौरान माओवादी केन्द्र सुर्खेतले वैशाख ३१ मा हुने स्थानीय तहको चुनावका लागि वीरेन्द्रनगर नगरपालिकाको प्रमुख र उपप्रमुख पदमा पार्टीको तर्फबाट उम्मेद्धवार घोषणा गरेको छ।

माओवादी केन्द्रले वीरेन्द्रनगर नगरपालिकाको प्रमुखमा रत्नबहादुर गाहामगर र उपप्रमुखमा हरीमाया शर्मालाई उमेद्धवार बनाउने घोषणा गरेको हो। सुर्खेतका ९ वटै गाउँपालिका र नगरपालिकाहरुबाट पार्टीका संगठित सदस्यहरु जनसभामा सहभागी भएका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.