|

जाजरकोट : जिल्ला निर्वाचन कार्यालय जाजरकोटले  स्थानीय निर्वाचनका लागि ८५ वटा मतदान केन्द्र सिफारिस गरिएको छ।  

जिल्लाका ३ नगरपालिका तथा ४ गाँउपालिकाका केही वडाहरुको मतदान केन्द्रहरु परिवर्तन गर्नेगरी सिफारिस गरिएको जिल्ला निर्वाचन कार्यालय जाजरकोटका जिल्ला निर्वाचन अधिकृत हरि बहादुर बुढाथोकीले  जानकारी दिए। 

७९ हजार ३ सय १३ मतदाता रहेको जाजरकोट जिल्लाका ७ वटा स्थानीय तहहरुमध्ये भेरीनगरपालिका सबैभन्दा बढी १६ हजार २ सय ३७  तथा शिवालय गाँउपालिकामा सबैभन्दा कम ७१७३  मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय जाजरकोटका प्रमुख बुढाथोकीले बताए।

नयाँ संरचना अनुसार जिल्लामा रहेका ३  नगरपालिका, ४ गाउँपालिका गरी ७७ वडामा ३९९ जना जनप्रतिनिधि चयनका लागि चुनाव हुनेछ । चुनावका लागि जिल्ला निर्वाचन कार्यालय जाजरकोटमा ११ दल दर्ता भएका छन ।

नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी) केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाल कम्युनिष्ट पार्टी (माक्सवादीं) , नेपाल पूर्व राष्ट्रसेवक लोकतान्त्रिक पाटी , राष्ट्रिय जनमोर्चा, नयाँ शक्ति नेपाल, संघीय समाजवादी फोरम नेपाल, नेकपा माले, र नेकपा (माले–जनसमाजवादी) दर्ता भएको जिल्ला निर्वाचन कार्यालय जाजरकोटले जनाएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.