|

जुम्ला : तातोपानी गाउँपालिकाका बालबालिकाहरूले बालविवाह रोक्ने अभियानमा साथ दिन अभिभावकहरूलाई आग्रह गरेका छन्। आत्मसम्मानका लागि सहकार्य संस्थाले आयोजना गरेको बैठकमा स्थानीय हिमशिखर माविका विद्यार्थीहरूले आफूहरूको अभियानमा साथ दिन अभिभावकहरूलाई आग्रह गरेका हुन्।

बैठकमा बालक्लब अध्यक्ष मिलन न्यौपानेले १४\१५ वर्षको उमेरमा विवाह गरिदिने चलन अझै नहटेको भन्दै यसका लागि पहल गरिदिन जिल्लामा क्रियाशील संघसंस्थाहरूसँग आग्रह गरे।सडक नाटक, देउडा तथा विभिन्न साँस्कृतिक कार्यक्रममार्फत जनचेतना जगाउन आफूहरूले प्रयास गर्ने उनको भनाइ छ।

विद्यालयकी छात्रा निरमाया कठायतले किशोरी अवस्थामै विवाह गरेर आमा बन्नेहरू अझै धेरै भएको र उनीहरूमा विभिन्न समस्या देखिएको बताइन्। उनले  विरोध गर्दागर्दै पनि केही संगिनीहरूले विवाह रोक्न नसकेको बताइन्। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.