|

काठमाडौं : चीन भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज बोआओ मञ्चको उद्घाटन समारोहलाई सम्बोधन गर्दैछन्। बेलुकी मञ्चको सम्मेलनलाई सम्बोधन गरेपछि शनिबार नै बेइजिङ प्रस्थान गर्ने कार्यक्रम रहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए। 

प्रचण्डले आइतबार ‘बेइजिङ फरेन स्टडिज युनिभर्सिटी’ ले आयोजना गर्ने ‘नेपाल–चीन सम्बन्धः समृद्धिका अवसर’ विषयको छलफल कार्यक्रमलाई प्रमुख वक्ताका रूपमा सम्बोधन गर्नेछन्।  आइतबार नै चिनियाँ राष्ट्रपति सी जिनपिङसँग भेट गर्ने कार्यक्रम छ।

भ्रमणका क्रममा प्रधानमन्त्री नेतृत्वको नेपाली प्रतिनिधिमण्डल चैत १५ गते चीनको स्वशासित क्षेत्र तिब्बतको ल्हासा पनि पुग्नेछ। नेपाल र तिब्बत सरकारबीच स्थानीय तहमा विद्यमान द्विपक्षीय संयन्त्र थप क्रियाशील बनाउने विषयमा केन्द्रित रहेर तिब्बत सरकारका नेतासँग छलफल हुनेछ। प्रधानमन्त्री प्रचण्ड चैत १६ गते स्वदेश फर्कने कार्यक्रम छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.