|

काठमाडौं : शुक्रबार राति भएका दुई सवारी दुर्घटनामा कालिमाटी र गोंगबुमा दुई जनाको मृत्यु भएको छ। कालिमाटीमा बसले स्कुटीलाई ठक्कर दिँदा चालक बझाङ घर भई टेकु प्रहरी बिटमा कार्यरत प्रहरी जवान शंकर विकको मृत्यु भएको हो।

बा २ ख १९८१ नम्बरको बसले बा ३५ प ३५७६ नम्बरको स्कुटीलाई ठक्कर दिँदा घाइते भएका विकको उपचारका क्रममा वीर अस्पतालमा मृत्यु भएको हो। यस्तै काठमाडौंको गोगंबु रानीबारीमा कारको ठक्करबाट ग्यारेजमा काम गर्ने एक भारतीय नागरिकको मृत्यु भएको प्रहरीले जनाएको छ।

रानीबारीमा रहेको ग्यारेजमा काम गरिरहेको बेला बा ३ च ४१२४ नम्बरको कारले ठक्कर दिँदा घाइते २६ वर्षीय सपन अधिकारीको ग्रिनसिटी अस्पताल धापासीमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.