|

दमक : संखुवासभाकी भुटिया शेर्पा हिमाली भेगबाट जीविकोपार्जनका लागि बर्सेनि पूर्वी मधेश झर्ने गर्छिन्। मधेशका हाटबजारमा पुगेर उनले जडिबुटी बेच्दै आएकी छिन्। जडिबुटीको व्यापारले ६ महिना धान्ने गरेको उनी बताउँछिन्। उनी भन्छिन्, ‘जीवनयापन गर्ने अरु केही माध्यम छैन, घरखर्च चलाउने राम्रो आधार बनेको छ ।’

बर्खाभरि हिमालका जंगलमा बटुलेको जडिबुटी हिउँदमा मधेश झरेर बेच्ने गर्छिन्, भुटिया।  ६ महिनाको बसाइँमा आफुले बटुलेका जडीबुटी मधेसका सबैजसो बजारमा बेच्ने गर्छिन्। उनी प्रत्येक हिउँदमा धेरै जसो झापाको दमकमा भेटिने गरेकी छन्। प्राकृतिक औषधिको रूपमा परिचित जडीबुटीको व्यापारबाट उनको दैनन्दिनमात्रै चलेको छैन, संखुवासभा र झापाको समाजलाई जोड्ने काम पनि गरेको उनको बुझाइ छ।

भुटिया मात्र होइन, संखुवासभा क्षेत्रका धेरै जसो महिलाहरु जीविकोपार्जनका लागि झापा लगायत पूर्वी मधेशका धेरै बजारहरुमा आउने गर्छन्। आफ्नै गाउँनजिकै जंगलमा उपलब्ध जडीबुटी बजारसम्म ल्याएर बिक्री गर्दा आर्थिक अवस्थामा केही सुधार आएको भुटियाले बताइन्। उनी भन्छिन्,‘बजारमा जडिबुुटीको माग पनि धेरै छ, हामीले परिवारको आवश्यकता पनि पूरा गरेका छौं।’

हिमाली क्षेत्रमा पाइने पाँचऔले, यार्सागुम्बु, पाखन्बेद, बुढो ओखती, चिराइतो, चिनफिङ जस्ता हिमाली जडिबुटी तराई क्षेत्रमा ल्याइने गरेको छ। दैनिक २ हजार देखि २५ सय सम्मको जडिबुटी व्यापार हुने गरेको संखुवासभाकी थामु शेर्पा बताउछिन् । दमकमा भेटिएकी शेर्पा भन्छिन्,‘ यो व्यापारबाट हामीले परिवारका लागि लत्ताकपडा, अन्नपात समेत किन्न सकेका छौँ।;'

तराई क्षेत्रमा संखुवासभाको हटियागोला, नुम, हेदाङ्ना लगायत क्षेत्रबाट झर्ने गरेका छन्। उनीहरुको उक्त व्यवसाय पैसा कमाउने माध्यममात्र होइन हिमालको जाडो छल्ने माध्यम पनि बनेको छ। उनी भन्छिन,‘हिमाली भेगमा अत्यन्त जाडो हुन्छ, यो मौसममा यहाँ आउँदा जाडो पनि छलिन्छ व्यापार पनि हुन्छ।’  

जडीबुटी बचेर आवश्यक सामग्री पूर्ति गरी बचेको पैसा संखुवासभाको खादबारीको बैंकमा बचत गर्ने गर्छिन्, थामु। उक्त पैसा बर्खाभरि परिवार चलाउन खर्च हुने उनी बताउँछिन्। यस्तै यहाँबाट गएर किमाथांकाको चौरी गोठसम्म छुर्पी खरिद गर्न पुग्ने उनले बताइन्। उक्त छुर्पी पनि हिउँदमा तराईमा बेच्न ल्याउने गरेको शेर्पा महिलाहरु बताउँछन्। 

मधेशसम्म जडिबुटी ल्याएर बेच्ने उनीहरूको पुर्ख्याैली पेसा हो। हिउँद लाग्नेबित्तिकै गाउँका सबै युवायुवती  जडिबुटी व्यापारका लागि  तराईतिर झर्ने गरेका छन्। उनीहरुले बच्ने जडिबुटीले जिउ दुखेको, ग्यास्ट्रिक, पथरियाको लगायतका बिरामीको उपचारका लागि प्रयोग गरिँदै आएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.