|

एजेन्सी :  ओबामा केयर खारेज गरी नयाँ हेल्थकेयर विधेयक पारित गर्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रयास असफल भएको छ। अन्तिम समयमा संसद्को समर्थन जुटाउन असफल भएपछि मतदान हुनुअघि विधेयक फिर्ता भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्।

प्रतिनिधिसभामा राष्ट्रपति ट्रम्पकै दल रिपब्लिकन पार्टीका सांसदहरुसमेत विधेयकको विपक्षमा उभिएपछि ट्रम्पलाई ठूलो झड्का लागेको हो। ४ सय ३५ सदस्यीय हाउसमा रिपब्लिकन पार्टीको प्रस्ट बहुमत २ सय ३५ सदस्य छन्। तर, ट्रम्पले आवश्यक पर्ने २ सय १५ मत जुटाउन सकेनन्। प्रयास असफल भएपछि यसबाट आफू निराश भएको ट्रम्पले प्रतिक्रिया दिएका छन्।

राष्ट्रपति ट्रम्पले ओबामा केयरलाई परिवर्तन गरी नयाँ हेल्थ केयर कानुन बनाउन चाहेका थिए। जुन उनको चुनावी मुद्दा मध्येको एक थियो। डेमाक्रेटिक पार्टीले भने यसलाई अमेरिकी जनताको जित भनेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.