|
फोटो : सविन धमलाको फेसबुकबाट

काठमाडौं : नेपालका लागि नवनियुक्त भारतीय राजदूत मन्जिभ सिंह काठमाडौं आइपुगेका छन्। शनिवार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ओर्लिएका राजदूत सिंहले सोमबारदेखि कार्यभार सम्हाल्ने भारतीय दूतावासले जानकारी दिएको छ।

सोमबार नै राजदूत सिंहले राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष ओहोदाको प्रमाणपत्र बुझाउने कार्यक्रम रहेको छ। राजदूत सिंह भारतीय कुटनैतिक सेवामा अनुभवी र परिपक्व मानिन्छन्।

निवर्तमान राजदूत रणजित रे कार्यकाल पूरा गरी दिल्ली फर्किएपछि काठमाडौंको भारतीय दूतावास उपप्रमुख विनय कुमारले सम्हाल्दै आएका थिए। शनिबार काठमाडौँ ओर्लिएका राजदूतलाई भारतीय दूतावासका कर्मचारीले विमानस्थलमा पुगी स्वागत गरेका थिए।

पछिल्लो समाचार  

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.