|

  • रमेश रावल-

कालिकोट : जिल्लाको तिलागुफा नगरपालिका ४ र २ नम्बर वडामा (साविकको राँचुली गाबिस) बाल मैत्री स्थानीय शासन लागू गर्ने अन्तिम तयारीमा जुटेको छ। बालमैत्री स्थानीय शासन लागू गर्न सबै सूचक पूरा गरेको कारणले अन्तिम तयारीमा जुटेको हो।

बालमैत्री स्थानीय शासन लागू गर्नका सबै प्रकार सूचक पूरा गरेको र स्थानीय तहको निर्वाचनले कुनै असर नगरे वैशाख वा जेठमा स्थानीय बालमैत्री शासन लागू गर्न तयारी गरेको तिला गुफा नगरपालिकाका अधिकृत बरदान सेजुवालले बताए। ‘हामीले सबै प्रकारका सूचक पूरा गरेका छौं, उनले भने, त्यसका हामीले मन्त्रालयका पत्र पठाउने अन्तिम तयारी रहेको छ।’

बालबालिकाकालाई विकासका हरेक प्रक्रियामा साझेदार बनाउनुपर्ने, बालमैत्री स्थानीय शासनमा बाल बचाउ, बाल संरक्षण, बाल विकास र अर्थपूर्ण बाल सहभागिताका क्षेत्रमा विकास हुने त्यसका लागि सबै प्रकार सूचक पूरा गरेको बालबालिकाको क्षेत्रमा काम गर्ने सेभ द चिड्रेनका बाल संरक्षण अधिकृत बाले विश्वकर्माले बताए। ‘बालबालिकालाई जोमिखबाट मुत्ति दिने एउटा असल शासन हो ।’ उनले भने, ‘यो शासन लागू गर्न स्थानीय उत्साहित देखिएका छन्।’

बाल मैत्री स्थानीय शासन लागु गर्न गाविस र जिविसको सहकार्यमा गाविसमा सन् २०१६ देखि प्रयास सुरु भएको थियो। सेभ द चिल्डे«न र यसको साझेदार संस्था किर्डाक नेपालले सन् २०१६ देखि लागू प्रयास भएको भएको बालमैत्री स्थानीय शासनका मापदण्ड पूरा गर्न काम गर्दै आएको नेपाल पत्रकार महासंघ कालिकोटका अध्यक्ष तुलाराम पाण्डेले बताए।

‘जिल्ला विकास समिति र विभिन्न साझेदार संस्थाले बालमैत्री गाविस घोषणा गर्न एक वर्षदेखि प्रयास गर्दै आएका थिए।’ उनले भने, ‘यसको अन्तिम रुपमा बालमैत्री स्थानीय शासन लागू हुन लागेको छ।’

साविकको राँचुली गाविसमा ३ देखि १३ वर्षसम्मका सबै बालबालिका बालविकास केन्द्र र विद्यालयमा भर्ना भएका र बालबालिका, अभिभावक, विद्यालय र सरोकारवालाहरुको लागि आचारसंहिता बनाएर लागू गरिएको र बालबालिका क्षेत्रमा करिब गाविसको कुल बजेटमा २३ प्रतिशत बजेट खर्च गर्ने गरेको साझेदार संस्था किर्डाक बाल संरक्षण अधिकृत धनीराम न्यौपानेले बताए।

‘सबै बालकालिका स्कुल भर्ना दर, बालहिंसा, लगायतका सबै क्षेत्रमा बालबालिका सहभागिता उच्च रहेको छ।’ उनले भने,‘यी सबै कुरा पूरा भएकाले अब चाँडै बालमैत्री स्थानीय शासन लागू गर्न योग्य रहेको छ।’

नवलपरासीको प्रगतिनगर गाविस नेपालकै पहिलो बालमैत्री गाविस घोषित भएको थियो। प्युठानको भिग्री गाविस दोस्रो बनेको थियो भने कालिकोटको राँचुली गाविस बालमैत्री स्थानीय शासन घोषित भए तेस्रो हुनेछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.