|

काठमाडौं : काठमाडौंको पर्यटकीय स्थल ठमेल प्रवेश गर्ने बाटोमा नै पर्छ स्वप्न बगैंचा अर्थात गार्डेन अफ ड्रिम्स। यो ऐतिहासिक र पर्यटकीय बगैंचालाई प्राकृतिक संग्रहालय पनि भनिन्छ।

सन् १९२० मा नेपाली सेनाका फिल्ड मार्शल केशरशम्शेर जबराले निर्माण गरेको वगैंचा वेलायती राजा किङ एडवार्ड सातौंको बगैंचाबाट प्रभावित छ। केशरशम्शेरको मृत्युपछि सरकारलाई हस्तान्तरण गरिएको यो पार्क पुनर्निर्माणपछि २०६४ सालदेखि सर्वसाधारणका लागि खुला गरिएको छ।

यहाँ घुम्न आउनेमा युवा जोडीहरु बढी रहेका छन्। त्यसबाहेक परिवारसहित घुम्न आउनेहरु पनि छन्। यो पार्क घुम्नेमा विदेशी पर्यटकहरु बढी हुन्छन्।

हेर्नुस् फोटोहरु :

फोटोहरु : अनुज बज्राचार्य

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.