|

मलेसिया : कामको खोजीमा मलेसिया पुगेका ५ हजार भन्दा बढी नेपाली अवैधानिक भएका कारण अलपत्र परेका छन्। विभिन्न किसिमका आरोप लागेका, भिसा हराएका र म्याद सकिएका तथा अन्य उजुरीका आधारमा ५ हजार नेपाली अलपत्र रहेका मलेसियामा रहेको नेपाली दूतावासले जनाएको छ। 

त्यस्ता अवैधानिक नेपालीहरुमध्ये आधाजसो जेलमा छन् भने आधाजसो डिटरमिनेनसमा राखिएको पुष्टि भएको नेपालका लागि मलेसियाका राजदूत निरन्जनमान सिंह बस्न्यातले बताए। 'अहिले झण्डै २५ सय नेपालीलाई जेल चलान गरिएको हाम्रो रिपोर्टमा छ, २५ सय जना डिटरमिनेसन (स्वदेश फिर्ती प्रक्रिया) मा छन्, ती २५ सयलाई नेपाल फर्काउनको लागि हामीले प्रक्रिया सुरु गरेका छौं' बस्नेतले भने। दूतावासका अनुसार अहिले मलेसियामा कामदार तथा व्यवसायमा संलग्न गरी ६ लाख भन्दा बढी नेपाली छन्।

कसरी फर्काइदै छ नेपाल?

स्वदेश फिर्ताको प्रक्रियामा रहेका नेपालीहरु आफ्नै खर्चबाट नेपाल फर्कन सक्ने स्थिति छैन। त्यहाँको सरकारसँगको सहकार्यमा नेपाली राजदूतावासले कानुनी प्रक्रिया पूरा गर्दा समेत ठूलो रकम आवश्यक पर्ने हुँदा दूतावासले आफै टिकट काटेर नेपाल फर्काउनुपर्ने हुन्छ। 

त्यसका लागि मलेसियामा रहेको नेपाली दूतावासले सरकारसँग आवश्‍यक रकम माग गरेकोमा सरकारले दूतावासलाई ५० लाख रुपैयाँ उपलब्ध गराएको छ। ५० लाख रुपैयाँ पर्याप्त नभएपछि दूतावासले थप रकम खोजी गरेको राजदूत बस्न्यातले बताए। 

अवैधानिक भएका नेपालीलाई स्वदेश फर्काउनको लागि गैरआवसीय नेपाली संघ मलेसियाले पनि सहयोगको प्रतिवद्धता जनाएको छ। 'हामीले संघको तर्फबाट पनि केही सहयोग गर्ने छौं, यसका लागि हाम्रा कोषहरुको प्रयोग गर्दै दूतावासलाई सहयोग पुर्‍याउने हाम्रो उद्देश्य छ' एनआएएन मलेसियाका उपाध्यक्ष रमेश तिवारीले भने। तर कति रकम सहयोग गर्ने भन्ने विषयमा भने कार्यसमितिको बैठकले निर्णय गर्ने तिवारीले बताए। 

सरकारले ५० लाख उपलव्ध गराएपछि नेपालका लागि उडान हुने जहाजमा सस्तो दरको टिकट व्यवस्था गर्नको लागि दूतावासले एयरलायन्सहरुलाई आग्रह गरेको छ। एकै पटकमा सबै पठाउन समस्या पर्ने भएता पनि केही महिनामा २५ सय नेपालीलाई पालै–पालो नेपाल फर्काइने मलेसियाको लागि नेपाली राजदूत बस्न्यातले बताए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.