|

काठमाडौं : संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले स्थानीय तहको चुनाव घोषणा गरेर सरकारले द्वन्द्व चर्काएको आरोप लगाएका छन्। अध्यक्ष यादवले स्थानीय चुनाव घोषणाले सिर्जना गरेको द्वन्द्व मत्थर पार्नुको सट्टा झन् बढाउने काम सरकारले गरेको बताए।

रिपोर्टर्स क्लबमा शनिबार भएको कार्यक्रममा अध्यक्ष यादवले संविधान जारी गर्नुभन्दा अगाडि देखिको राजनीतिक द्वन्द्व र असमझदारी समाधानका लागि संविधान संशोधनलाई प्राथमिकता दिनुपर्ने बताए।

'स्थानीय चुनावले कुनै पनि द्वन्द्वलाई हल गर्दैन, झन् बढाएर लैजान्छ। यस्तो खतरापूर्ण कार्य गर्नु हुँदैन', यादवले भने, 'चुनाव स्थगित गरेर, संविधान संशोधन गरेर, संघीयता र राज्यपुनर्संरचनाका विषय हल गरेर संसदको चुनाव गर्नुपर्छ। त्यसपछि सीमांकन हल गरेर प्रदेश चुनाव र प्रदेश सरकारले स्थानीय चुनाव गर्नुपर्छ।'

सीमांकनमा देखिएको समस्या समाधान नगरिकन मुलुकको समस्या समाधान नहुने भन्दै अध्यक्ष यादवले मुलुभुत समस्यालाई थाती राखेर अघि बढ्न नसकिने बताए। आयोग मार्फत सीमांकनको मुद्दा टुंगो लगाउने सरकारको प्रस्तावमा पनि उनले असहति राखे।

'सीमांकन हल नगरी मुलुकको राजनीतिक समस्या हल हुनै सक्दैन। आयोगले सीमांकनको समस्या हल गर्न सक्दैन। बनाउने हो भने शक्तिशाली संघीय आयोग बनाउँ। नत्र टालटुल गरेर आयोगका नाममा समस्या पन्छाउन हुँदैन।'

अध्यक्ष यादवले विगतमा भएका सम्झौतालाई कार्यान्वयन नगर्ने सकारसँग वार्तामा बस्नुको औचित्य नभएको पनि दाबी गरे। उनले विगतमा आफूहरुले विभिन्न २६ बुँदे माग प्रस्तुत गरेको भन्दै ती विषयको सम्बोधन गरिनुपर्ने बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.