|

डडेल्धुरा :  डडेल्धुरामा ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ भने दुई जना घाइते भएका छन्। शनिबार मध्यान्नतिर से १ त ८९०८ नम्बरको ट्क्याटर अमरगढी नगरपालिका ११ धनघाट–कोटेली सडकखण्डको धनघाटनजिकै दुर्घटनामा परेको हो।

फलामे छड् बोकेको उक्त ट्रयाक्टर दुर्घटनामा परी बझाङको देउलेख ४ का २४ वर्षका सुरेशबहादुर बोहोराको ज्यान गएको हो। ट्रयाक्टरका चालक धनगढी उपमहानगरपालिका २ बस्ने ओमविक्रम अधिकारी भने गम्भीर घाइते भएका छन्। उनको उपक्षेत्रीय अस्पताल डडेल्धुरामा उपचार भइरहेको छ।

ट्रयाक्टरमै सवार बझाङको देउलेख ५ बस्ने बर्ष २८ का जयबहादुर ढाँट पनि सामान्य घाइते भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ। पल्टिँदै गरेको ट्रयाक्टरबाट हाम फालेर ज्यान जोगाएका उनले बताए्। उक्त ट्क्याटरमा चालकसहित तीन जना सवार रहेको र सडकबाट एक सय १९ फिट तल खसेको प्रहरीले जनाएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.