काठमाडौं : गायिका जुनु गौतमको 'ठुली' बोलको गीतको आधिकारीक भिडियो सार्वजनिक भएको छ। हाईलाइट्स नेपालले युट्युमार्फत सार्वजनिक गरेको भिडियो विनोदले निर्देशन गरेका हुन्।
यस गीतको शब्द गोविन्द हुमाँगाईले लेखेका हुन्। संगीत अविरल साँइलाले भरेका छन्। 'अर्को जन्म होला नहोला' एल्बममा रहेको यस गीतको भिडियोमा जहानवी,अनुसुरत र असिमको अभिनय छ। कोरियोग्राफी कमल राईले गरेका छन्।
विरेन्द्र भट्टले भिडियो छायाँकन गरेको भिडियोलाई तारा थापा 'खेम्बे' ले सम्पादन गरेका छन्। श्याम कुँवरले भिडियोमा कलर भरेका छन् भने सनत गौतम यस भिडियोका निर्माता हुन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।