|

कालिकोट : जिल्ला कारागार कालिकोटमा जेल सजाय भुक्तान गरिरहेका एक कैदी फरार भएका छन्। महावै गाउँपालिका (साविकको ओदानकु–५)  का हेमन्त भनेर चिनिने बलबहादुर शाही फरार भएका हुन्।

उनी अपहरण र कर्तब्य ज्यान मुद्दामा ८ वर्षदेखि जेल सजाय भोगिरहेका व्यक्ति हुन्।  शाही शुक्रबार बिहान बजारमा समान किन्न गएको बेला फरार भएको जिल्ला कारागार कालिकोटका जेलर संजय महत्तोले बताए। ‘बजारमा समान किन्न गएको बेला फरार भएका हुन् ।’ उनले भने,‘लामो समयदेखि जेल रहेका शाहीले सबैको विश्वास जितेका थिए।’

जेलर महत्तोका अनुसार कारागारमा कामदारको रुपमा रहेका शाहीको जेल सजाय २०७४ साल जेठमा सकिदैंथियो।  कारागारबाट फरार रहेका शाहीको खोजीकार्य तिव्र पारिएको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.