|

इलाम : दक्षिणी क्षेत्र माइ नगरपालिका–३ (साविक दानाबारी–५) सोराली खोल्सा का बस दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ। दुर्घटनामा माइ नगरपालिका–१० (साविक चिसापानी–५) की १३ वर्षिया रुस्मा मगरको मृत्यु भएको हो।

झापाको बिर्तामोडबाट चिसापानी आँउदै गरेको मे १ ख ७१७ नम्बरको बस स्टेरिङ लक भएपछि अनियन्त्रित भै पल्टिएको प्रहरीले जानकारी दिएको छ। बसका चालक गोलधापका ३५ वर्षिय रमेश राई, माइ नगरपालिका–३ की ६० वर्षिया सिता बराइली र माइ नगरपालिका–९ की १५ बर्षिया विमला लावती घाइते छन्। घाइतेहरुलाई उपचारको लागी झापातर्फ लगिएको ट्राफिक प्रहरी धर्मदेव मण्डलले जानकारी दिए। बसका साहु रमेश गुरुङको खोजी भैरहेको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.