|

बेइजिङ : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चीनको आर्थिक विकासबाट नेपालले समृद्धीको ढोका खोल्नसक्ने बताएका छन्। शनिबार साँझ बेइजिङ्स्थित नेपाली दूतावासले आयोजना गरेको रात्रीभोजमा प्रधानमन्त्रीले वान वेल्ट वान रोड परियोजनामा नेपालले साझेदारीको गर्ने बताए।

प्रधानमन्त्रीले नेपालको एक चीन नीतिमा कुनै शंका नगर्न आग्रह गरे। उनले  आफ्नो चीन भ्रमण दुई देशबीच सद्भावना वृद्धी गर्न महत्वपूर्ण हुने बताए।

यसअघि शनिबार साँझ बेइजिङको अन्तराष्टिय विमानस्थलमा प्रधानमन्त्रीलाई चिनियाँ परराष्ट्र मन्त्रालय र चिनियाँ कम्युनिष्ट पार्टीको विदेश विभागका अधिकारीहरुले स्वागत गरेका थिए। आइतबार प्रधानमन्त्रीले चिनियाँ कम्युनिष्ट पार्टी विदेश विभागका नेताहरु एवम् उपप्रधानमन्त्री वाङ याङसँग भेट्ने कार्यक्रम छ। प्रधानमन्त्रीले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग सोमबार भेट्नेछन्।

प्रधानमन्त्रीको भ्रमण दलमा परराष्ट्रमन्त्री प्रकाशशरण महत, चीनका लागि राजदूत लिलामणि पौडेल, परराष्ट्रसचिव शङ्करदास बैरागीलगायतका अधिकारीहरु संलग्न छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.