|

लखनउ : उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले मनसरोवर दर्शनमा जानेहरुका लागि  १ राख भारु आर्थिक सहयोग दिने घोषणा गरेका छन्। उत्तर प्रदेश राज्य सरकारले यसअघि मनसरोवर जाने दर्शनार्थीहरुका लागि ५० हजार भारु सहयोग उपलब्ध गराउँदै आएको थियो।

दर्शनार्थीहरुको सुविधालाई ध्यानमा राखेर उत्तर प्रदेश राज्य सरकारले दिल्ली वा अन्य कुनै स्थान नजिक मानसरोवर भवन निर्माण गर्ने समेत उनले बताएका छन्। मुख्यमन्त्रीको कार्यालयमा भएको बैठकमा आदित्यनाथले यो सहायताले कैलाश मानसरोवर दर्शन गर्नका लागि भक्तजनहरुलाई उत्साह थप्ने बताए।

यसअघि अखिलेश यादव मुख्यमन्त्री छदाँ २५ हजार भारुबाट सहयोग बढाएर ५० हजार भारु पुर्‍याएका थिए। यो सहयोग लिनका यूपी राज्यका भक्तजनहरुले मात्रै पाउनेछन्। कैलाश मानसरोवर यात्राका क्रममा झन्डै २ लाख ५० हजार भारु खर्च हुन्छ। त्यसैले धेरै भक्तजनहरुले चाहना हुँदा हुँदै पनि यात्रामा जान सक्दैनन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.