|

डडेलधुरा : आलिताल गाउँपालिकामा एक व्यक्तिले श्रीमतीको हत्या गरी आत्महत्या गरेका छन्। आलिताल-७ चिसापातीका ४२ वर्षीय कर्णबहादुर बोहराले धारिलो हतियार प्रयोग गरी श्रीमती ३८ वर्षीया बेलमतीदेवीको हत्या गरेका हुन्। 

शनिबार अपराह्न श्रीमतीको हत्या गरी बोहरा घर नजिकैको रुखमा झुण्डिएको इलाका प्रहरी कार्यालय जोगबुडाले जनाएको छ। उनको मानसिक सन्तुलन ठिक नरहेको प्रहरी निरीक्षक शैलेन्द्र भट्टले जानकारी दिए। उनीहरूका तीन छोरी र एक छोरा रहेका छन्। छोरा रोजगारिको सिलसिलामा दुबईमा छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.