|

कालिकोट : महावै गाउँपालिका– ५ का नरेन्द्र विकको हत्या उनकै श्रीमती १६ वर्षीया धनकला वि.क.ले गरेको रहस्य खुलेको छ। धनकलाले प्रेमी रमेश विकसँग मिलेर श्रीमानको हत्या गरेको स्वीकारेको कालिकोटका प्रहरी प्रमुख डिएसपी योगेन्द्र खड्काले बताए।

वि‍.क.को शव उनी सम्पर्कविहीन भएको ६ दिनपछि भेटिएको थियो। चैत ५ गते खाँडाचक्र नगरपालिका–८ स्थित ससुराली आएका बेला सोही नगरपालिका–९ का १८ वर्षीय रमेश विकसँग मिलेर हत्या गरेको आरोपमा जिल्ला प्रहरी कार्यालयको टोलीले धनकलालाई पक्राउ गरेको हो।

प्रेमी रमेशसँग विवाह गर्नका लागि श्रीमानको हत्या गरी शव भीरबाट खोल्सामा फालेको धनकलाले प्रहरीसँग स्वीकारेको डिएसपी खड्काले बताए। 

धनकलासहित ४ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। एक साताअघि हराएका नरेन्द्रको शव चैत ११ गते खाँडाचक्र नगरपालिका–८ छायाढुस्की खोल्सामा फेला परेको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.