|

चितवन : चितवनको रत्ननगरमा आइतबार भएको ट्याक्टर दुर्घटनामा एकजनाको मृत्यु भएको छ। रत्ननगरको भित्री सडक सुब्बा चोकबाट डुम्रीचोकतर्फ जाँदै गरेको  ना १ त ७०८७ नम्बरको ट्रयाक्टरबाट खसेर रनपा १३ जयमंगलाका २० वर्षीय कोसिस चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ।

मृतक चौधरी सोही ट्रयाक्टरका मजदुर रहेको र शवलाई अहिले पोष्टमार्टमका लागि भरतपुर अस्पतालमा राखिएको चालक भने नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.