|

काठमाडौं :  काठमाडौंको स्वयम्भूपार्कमा आइतबार बिहान एक व्यक्ति मृत अवस्थामा फेला परेका  छन्। खड्का भञ्‍ज्याङ ६ नुवाकोट स्थाई घर भई विगत केही समयदेखि मागेर खाँदै हिँड्ने गरेका मंगल सुनार मृत अवस्थामा फेला परेका हुन्।

३८ वर्षका सुनार ह्‍वाइट र्‍याबिट रेस्टुरेन्टको सिडीमा सुतिरहेको अवस्थामा मृत्त अवस्थामा फेला परेको, महानगरीय प्रहरी वृत्त स्वयम्भूले जनाएको छ। प्रहरीले घटनास्थलको मुचुल्का उठाई शव पोष्टमार्टमका लागि टिचिङ अस्पताल पठाइए छ। घटना किन र कसरी भयो भन्नेबारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यसैगरी आइतबार बिहान नै ललितपुर उपमहानगरपालिका रकुमटारमा एक महिला झुन्डिएको अवस्थामा मृत्त फेला परेकी छन्। ललितपुरको रकुमटार स्थाई घर भएकी २१ वर्षीय लक्ष्मी थापा सलको पासो लगाएर झुन्डिएको अवस्थामा फेला परेकी हुन्।

महानगरीय प्रहरी वृत सातदोबाटोबाट गएको प्रहरी टोलीले घटनास्थलको मुचुल्का उठाई शव पोष्टमार्टमको लागि पाटन अस्पताल पठाएको छ।  घट्नाका सम्बन्धमा आवश्यक अनुसन्धान कार्य जारी रहेको प्रहरीले जनाएको छ।

यसैगरी, काठमाडौंको अस्कल क्याम्पस अगाडि बेवारिसे अवस्थामा एक राउन्ड गोली फेला परेको प्रहरीले जनाएको छ। फोहोर फाल्ने ठाउँमा सडक बालबालिकाले खेलाइरहेको अवस्थामा हरनेटको गोली  फेला परेको हो। भेटिएको गोली अहिले प्रहरी वृत्त दरबारमार्गमा राखिएको र यसबारे आवश्यक अनुसन्धान कार्य जारी रहेको प्रहरीले जनाएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.